नागपञ्चमीको अवसरमा भक्तपुरको चाँगुनारायणसँगै विभिन्न मन्दिरमा मेला
सोमबार, भदौ ४, २०८०
आज नागपञ्चमी पर्व, नागको पूजाअर्चना गरी घरको मूलढोकामा टाँसेर मनाइँदै
सोमबार, भदौ ४, २०८०
हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरकोआभुषण होस् वा भगवान विष्णुको शय्या होस्, समुद्रमन्थन गर्दा होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै
शुक्रबार, भदौ १, २०८०
ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छर छिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा सुदूरपश्चिम प्रदेशमा वर्षौैँ देखि कायम छ ।

बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री भोलि नेपाल आउँदै
बिहीबार, साउन ३२, २०८०
चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकारले शाश्वतधाममा कथा वाचन गर्ने भएका हुन्।
आज साउनको अन्तिम सोमबार, पशुपति लगायतका शिवालयहरुमा भक्तजनको भीड
सोमबार, साउन २९, २०८०
पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ। यसैगरी राजधानी बाहिरका ठुलासाना शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।
लण्डन र न्युयोर्कबाट फिर्ता ल्याइएको ११ औँ र १८ औँ शताब्दीका सूर्य र महिषासुर मर्दिनीको मूर्ति पदस्थापन गर्ने तयारी
सोमबार, साउन २२, २०८०
सन् १९८५ मा पाटनबाट हराएको उक्त मूर्ति कलाकार लैनसिंह बाङ्देलको पुस्तक ’स्टोलन इमेजेज् अफ नेपाल’ मा सूचीबद्ध छ । मूर्ति ७९ सेमी उचाई, ४९ सेन्टिमिटर लम्बाइ र १५ सेमी चौडाइ रहेको यस मूर्तिको तौल ४१ केजी छ ।
1691147720.jpg)
१३ सय वर्ष भन्दा पुरानो कार्यविनायकमा सुनको छाना र गजुरका लागि गायक योगेश्वर अमात्यले दान गरे १०८ तोला सुन
शुक्रबार, साउन १९, २०८०
गायन होस् या जीवनशैली सबैमा पृथक पहिचान बनाएका अमात्य सभ्यता, सम्पदाको जगेर्नामा निरन्तर सक्रिय छन्। गुठी विधेयकको समयमा भएका आन्दोलनमा होस् या पुरातात्विक धार्मिक महत्वका हराएका मूर्ति खोज्न देखि उपत्यकाका सम्पदा संरक्षणमा निरन्तर आवाज उठाउँदै आइरहेका छन्।

आज साउन १५ खीर खाएर मनाइँदै
सोमबार, साउन १५, २०८०
साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
साताको लोकप्रीय