क्याफेमा भएको विष्फोटमा रुसी सेनाका ब्लगर भ्लादलेन टाटारस्कीको मृत्यु
सोमबार, चैत २०, २०७९
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
आइतबार, चैत १९, २०७९
अमेरिकी सरकारको तूफान पूर्वानुमान केन्द्रले शुक्रबार र शनिबार धेरै राज्यमा ६० भन्दा बढी आँधीका घटना अभिलेख गरिएको बताएको छ ।
अमेरिका जाने प्रयासमा रहेका ४० आप्रवासीको मेक्सिकोको अध्यागमन हिरासतमा जलेर मृत्यु
बुधबार, चैत १५, २०७९
स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आप्रवासीहरूलाई मेक्सिको र अमेरिकालाई जोड्ने स्ट्यान्टन–लेर्डो पुल नजिक रहेका केन्द्रको भवनभित्र लगेका थिए जहाँ उनीहरूले विरोधस्वरुप गद्दामा आगो लगाएका थिए ।
राहुल गान्धीलाई १ महिना भित्र सरकारी निवास खाली गर्न सूचना
मंगलबार, चैत १४, २०७९
पत्रमा भनिएको छ कि उनले पहिलेको शर्त अनुसार १२, तुगलक लेनको आवंटित बंगला अधिकतम १ महिनाको अवधि अर्थात् २२ अप्रिल २०२३ सम्म राख्न सक्नेछन्।
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई २ वर्षको जेल सजाय
बिहीबार, चैत ९, २०७९
सन् २०१९ को यो मामिला उनले ‘मोदी थर’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ। मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए। रिपोर्टका अनुसार राहुल गान्धीले १० हजार रुपैयाँ धरौटीमा जमानत पाएका छन् । वर्तमान सांसद भएकाले राहुल गान्धीको सांसद पद अहिले खतरामा छैन।
उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु पश्चात नोएडाको औषधि कम्पनीको लाइसेन्स निलम्बित
बिहीबार, चैत ९, २०७९
कम्पनीबाट लिइएको औषधिको नमूनामा एथिलिन ग्लाइकोल रसायन भेटिएको थियो । उज्वेकिस्तानमा बालबालिकाको मृत्यु भएको दाबी गरिएको कफ सिरप मेरियन बायोटेक कम्पनीले आपूर्ति गरेको हो ।
अफगानिस्तानमा ६.६ म्याग्निच्युडको भूकम्प, नयाँ दिल्लीसम्म धक्का महसुश
बुधबार, चैत ८, २०७९
भारतीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पको धक्का राजधानी नयाँ दिल्लीमा पनि महसुस गरिएको हो ।
रमजान नजिकिंदा इजरायली र प्यालेस्टाइनी अधिकारीबीच शान्ति वार्ता
मंगलबार, चैत ७, २०७९
२६ फेब्रुअरीमा जोर्डनमा बोलाइएको सम्मेलन आफ्नो प्रकारको पहिलो थियो, जसमा इजरायल र प्यालेस्टाइनबीचको तनाव कम गर्ने संकल्प गरिएको थियो। तर, यसपछि पनि इजरायल र प्यालेस्टाइनबीच जमिनमा हिंसा जारी छ ।
मिडिया टाइकुन रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा पाँचौं विवाह गर्दै
मंगलबार, चैत ७, २०७९
मर्डोकले यसअघि अष्ट्रेलियाकी फ्लाइट अटेन्डेन्ट प्याट्रिसिया बुकर, स्कटिस पत्रकार अन्ना मान र चिनियाँ मूलकी व्यवसायी वेन्डी डेङसँग विवाह गरिसकेका छन् । मर्डोक गत वर्ष आफ्नी चौथी श्रीमती जेरी हलसँग अलग भएका थिए ।
चक्रवात फ्रेडीबाट मलावीमा ५ सय जनाको मृत्यु, ५ लाखभन्दा बढी विस्थापित
मंगलबार, चैत ७, २०७९
देशका १५ जिल्ला आँधीबाट प्रभावित भएका छन् भने औसत भन्दा अधिक वर्षा भएर प्रभावित मध्येका ३ जिल्लामा जनजीवन कष्टकर बनेको छ । ती जिल्लामा चक्रवात साम्य भए पनि भारी वर्षा भएको छ।
सी जिनपिङ र भ्लादिमिर पुटिन बिच भेटबार्ता
मंगलबार, चैत ७, २०७९
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध रोक्न चीनले पठाएको प्रस्ताव आफूले देखेको बताएका छन् । पुटिनले जिनपिङलाई युक्रेन विवाद अन्त्य गर्ने चिनियाँ प्रस्तावलाई आफूले सम्मानका साथ हेरेको बताए।
विद्रोहीको आक्रमणबाट कङ्गोमा २१ सर्वसाधारणको मृत्यु
मंगलबार, चैत ७, २०७९
कङ्गोका कैयौँ स्थानमा यहाँको सरकारसँग विद्रोह गरेको समूहले सर्वसाधारणमाथि हमला गर्ने गरेका छन्। यहाँ संयुक्त राष्ट्रसङ्घीय मिसनले शान्ति स्थापनाका लागि प्रयास गरेको भएपनि हिंसाको अन्त्य हुन सकेको छैन।
साताको लोकप्रीय
