अन्तराष्ट्रिय
                                                
                    
                
                            
                                राहुल गान्धीलाई १ महिना भित्र सरकारी निवास खाली गर्न सूचना
                        
                        
                                                
                                                    
                                पत्रमा भनिएको छ कि उनले पहिलेको शर्त अनुसार १२, तुगलक लेनको आवंटित बंगला अधिकतम १ महिनाको अवधि अर्थात् २२ अप्रिल २०२३ सम्म राख्न सक्नेछन्
                            
                                            
                                                                    
दिल्ली, चैत १४ । मानहानीको मुद्दामा २ वर्षको जेल सजाय पाएपछि गत हप्ता लोकसभाको सदस्यताबाट अयोग्य ठहरिएका राहुल गान्धीले सरकारी निवास खाली गर्ने सूचना पाएका छन्।
लोकसभा सचिवालयका उपसचिव मोहित राजनले सोमबार जारी गरेको पत्रमा गान्धीलाई १ महिनाको सूचना दिइएको छ।
पत्रमा भनिएको छ कि उनले पहिलेको शर्त अनुसार १२, तुगलक लेनको आवंटित बंगला अधिकतम १ महिनाको अवधि अर्थात् २२ अप्रिल २०२३ सम्म राख्न सक्नेछन्।
अप्रिल २३, २०२३ देखि उनलाई यो बंगलाको आवंटन रद्द भएको मानिने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:०९
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
