अन्तराष्ट्रिय
                                                
                    
                
                            
                                अफगानिस्तानमा ६.६ म्याग्निच्युडको भूकम्प, नयाँ दिल्लीसम्म धक्का महसुश
                        
                        
                                                
                                                    
                                भारतीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पको धक्का राजधानी नयाँ दिल्लीमा पनि महसुस गरिएको हो
                            
                                            
नयाँ दिल्ली, चैत ८ । भारतको राजधानी नयाँ दिल्ली सहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक्का महसुश भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पको धक्का राजधानी नयाँ दिल्लीमा पनि महसुस गरिएको हो ।
भारतीय भूगर्भविभागका अनुसार मंगलबार राति १०ः१७ मिनेटमा भूकम्पको झड्का महसुश भएको थियो।
भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्दारकर्ता खटाउन लागिएको समाचारमा जनाइएको छ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ११:१३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
