एसिया कप क्रिकेट : आज श्रीलङ्का र अफगानिस्तान खेल्दै
मंगलबार, भदौ १९, २०८०
भारतसँग नेपाल १० विकेटले पराजित
मंगलबार, भदौ १९, २०८०
नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनले ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाए।
नेपालले भारतलाई दियो २३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य
सोमबार, भदौ १८, २०८०
कप्तान रोहित पौडेल भारतका रवीन्द्र जडेजाको बलमा पाँच रनमा आउट भए । कुशल मल्ल चौथो विकेटको रूपमा दुई रनमै आउट भए । भीम सार्की पनि सात रनमा भारतका जडेजाको बलमा १६ ओभरमा बोल्ड हुन पुगे ।

एसिया कप क्रिकेट : नेपालले छैटौँ विकेट गुमायो, गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए
सोमबार, भदौ १८, २०८०
एसिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले छैटौँ विकेटने गुमाएको छ ।गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।

एसिया कप क्रिकेट : नेपालका ओपनर आसिफ शेखले ९३ बलमा ७ चौका प्रहार गर्दै ५८ रनमा भए क्याच आउट
सोमबार, भदौ १८, २०८०
आसिफले ९३ बलमा ७ चौका प्रहार गर्दै ५८ रनमा बिराट कोहलीले क्याच आउट गराए। एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो ।

एसिया कप क्रिकेट : १६औँ ओभरको अन्तिम बलमा नेपालको दोस्रो विकेट गुम्यो, जडेजाले लिए भीमको विकेट
सोमबार, भदौ १८, २०८०
ताजा अवस्थामा नेपालले दुई विकेट गुमाएर १६.४ ओभरमा ८५ रन बनाएको छ ।

एसिया कप क्रिकेट : नेपालले एक विकेट गुमायो
सोमबार, भदौ १८, २०८०
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए । तर नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमायो ।
एसिया कप क्रिकेट : भारतसँग टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै
सोमबार, भदौ १८, २०८०
समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान १-१ खेल खेलेका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो ।

महिला टी-२० विश्व कप : कतारले नेपाललाई दियो ७५ रनको लक्ष्य
सोमबार, भदौ १८, २०८०
जितका लागि ७५ रनको लक्ष्य पाएको नेपालले ब्याटिङ गर्दैछ । समूह ‘ए’ मा लगातार ३ खेल जितेर अपराजित रहेको नेपालले आज कतारलाई हराएमा अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ ।

एसिया कप क्रिकेट : अफगानिस्तान बङ्लादेशसंग ८९ रनले पराजित
सोमबार, भदौ १८, २०८०
लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको बङ्लादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३४ रन बनाएको थियो ।

एसिया कप क्रिकेट: आज नेपाल र भारत भिड्दै
सोमबार, भदौ १८, २०८०
नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो । त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो ।

'फिफा विन्डो' अन्तर्गत म्यानमारसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा
आइतबार, भदौ १७, २०८०
नेपालले 'फिफा विन्डो' अन्तर्गत म्यानमारको याङ्गुनमा २ वटा मैत्रीपूर्ण फुटबल खेल्नेछ । खेल सेप्टेम्बर ८ र ११ तारिखमा हुनेछ ।
वर्षाका कारण भारत र पाकिस्तान बीचको खेल रद्द
आइतबार, भदौ १७, २०८०
आज समूह ‘बी’ का अफगानिस्तान र बङ्लादेश बीच लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे खेल हुनेछ । यो समूहमा बङ्लादेश पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो ।
साताको लोकप्रीय