Kath khabar
फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप : नेपालले आयोजक राष्ट्र माल्दिभ्सलाई हरायो
फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप : नेपालले आयोजक राष्ट्र माल्दिभ्सलाई हरायो पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि पाकिस्तान र बङ्लादेशलाई हराएको थियो । लिग चरणको समाप्तिमा ४ खेलमा ७ अङ्कसहित नेपाल शीर्षस्थानमा छ ।  
जिम्बावेका ओपनर ब्याट्सम्यानलाई सोमपालले गरे आउट
जिम्बावेका ओपनर ब्याट्सम्यानलाई सोमपालले गरे आउट सोमपालले जिम्बावेका ओपनर जोएलर्डलाई २५ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला जिम्बावेले ८ ओभरमा ४५ रन बनाएको स्थिति छ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : नेपालले जिम्बावेलाई दियो २ सय ९१ रनको लक्ष्य
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : नेपालले जिम्बावेलाई दियो २ सय ९१ रनको लक्ष्य हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान रोहित पौडेलले ३१ रन बनाए ।
हरि हजुर थापा राष्ट्रिय पुरुष भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त
हरि हजुर थापा राष्ट्रिय पुरुष भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका हरिहजुर आर्मीका समेत कप्तान हुन् । उनी सन् २०१५ देखि नेपाली टोलीको नियमित सदस्यको रुपमा खेल्दै आएका छन् ।
फाइभ नेसन्स पुरुष बास्केटबलमा नेपालले पाकिस्तानलाई हरायो
फाइभ नेसन्स पुरुष बास्केटबलमा नेपालले पाकिस्तानलाई हरायो नेपालले आगामी असार २ गते बङ्गलादेशसँग तेस्रो खेल खेल्नेछ । प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बङ्गलादेश, भूटान र पाकिस्तानको सहभागिता रहेको छ ।
वर्षाले नेपाल र भारत ‘ए’ बीचको खेल रद्द
वर्षाले नेपाल र भारत ‘ए’ बीचको खेल रद्द यसअघि भएको पहिलो खेलमा नेपाललाई पाकिस्तान ‘ए’ ले पराजित गरेको थियो। अब नेपालले समूहको अन्तिम खेलमा आयोजक हङकङसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानसँग नेपाल पराजित
एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानसँग नेपाल पराजित नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रनको योगदान दिइन्। उनले ३२ बलमा सर्वाधिक २० जोडेकी हुन्। त्यस्तै कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन्।
सन्दीपको वरीयतामा सुधार 
सन्दीपको वरीयतामा सुधार  नेपाल भने १४ औं स्थानमा कायमै रहेको छ । नेपाल भन्दा पछाडी नेदरल्यान्ड्स,ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् । अष्ट्रेलिया वरीयताको शीर्ष स्थानमा रहँदा पाकिस्तान दोस्रो, भारत तेस्रो र न्युजिल्यान्ड चौथो स्थानमा छ ।
उरुग्वेले पहिलो पटक जित्यो यू-२० विश्व कप
उरुग्वेले पहिलो पटक जित्यो यू-२० विश्व कप ३ पटक फाइनलमा पुगेको उरुग्वेले पहिलो पटक २० वर्ष मुनिको विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो । त्यस्तै पहिलो पटक २० वर्षमुनिको विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्यो ।
च्याम्पियन्स लिगको उपाधि पहिलो पटक म्यानचेस्टर सिटीलाई
च्याम्पियन्स लिगको उपाधि पहिलो पटक म्यानचेस्टर सिटीलाई म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग जित्ने छैटौं इंग्लिस क्लब बनेको छ । जितसंगै म्यानचेस्टर सिटीले एकै सिजन ‘ट्रेबल’ उपाधि जितेको छ । यो सिजन सिटीले 'प्रिमियर लिग' र 'एफए' कपको उपाधि जितेको थियो  ।
५ राष्ट्र सम्मिलित पुरुष बास्केटबल प्रतियोगिताका लागि माल्दिभ्स जाने बास्केटबल टोलीको घोषणा
५ राष्ट्र सम्मिलित पुरुष बास्केटबल प्रतियोगिताका लागि माल्दिभ्स जाने बास्केटबल टोलीको घोषणा नेपाल बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलन मार्फत १२ सदस्यी टोली घोषणा गरेको हो । टोलीको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापकमा सुशील गुरुङ छन् ।
भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा  साफ च्याम्पियनशिपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन् । नेपालले जुन २१ मा कुवेत, जुन २४ मा भारतसँग र अन्तिम खेल जुन २७ मा पाकिस्तानसँग खेल्नेछ ।
Weather Update