Kath khabar
श्रीलंकासँग ९८ रनमै अलआउट भयो ओमान

 

                 बुलावायो, असार ८ ।  आईसीसी विश्वकप क्रिकेट छनोटमा अहिले समूह 'बी' का श्रीलंका र ओमान तथा स्कटल्याण्ड र यूएई खेलिरहेका छन् ।

बुलावायोमा श्रीलंकासँगको खेलमा ओमान ९८ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो । उसका आयान खानले ४१, जितेन्दर सिंहले २१ र फायाज बटले १३ रन बनाउनु बाहेक अरु कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंका विनिन्दु हसरंगाले ५, लाहिरु कुमाराले ३ र कसुन रजिथाले १ विकेट लिए । ओमान यसअघिका दुवै खेल जितेर तालिकाको शीर्ष स्थानमा छ । श्रीलंकाले पनि आफ्नो पहिलो खेलमा यूएईलाई हराएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update