Kath khabar
दलका प्रतिनिधिहरु मात्र गाउँ आए तर मतदाता शिक्षाका लागि खटाइएकाहरु गाउँ पसेनन्
दलका प्रतिनिधिहरु मात्र गाउँ आए तर मतदाता शिक्षाका लागि खटाइएकाहरु गाउँ पसेनन् नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का महिला स्वाथ्य स्वयंसेविकाहरु आफ्नो गाउँमा मात्र नभइ अन्य छिमेकी गाउँहरुमा समेत अमुक राजनितिक पार्टीको झण्डा बोकेर मात्र महिला स्वाथ्य स्वयंसेविकाहरु आएको उहाँको भनाइ छ। रेडियो, सामाजिक सञ्जाल, टेलिभिजनबाट गरिएको मतदाता शिक्षा खासगरि गाउँमा बस्ने र यसको पहुँच नपुगेका मतदाताहरु मतदाता शिक्षा अभावमा  अलमलमा परेका...
कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ अहिले चुनावी प्रचारप्रसारमा लागेका छन् । उनीसग एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने प्रतिस्पर्धामा छन्।
गाँजालाई वैधानिक बनाउनुपर्छ : राजेन्द्र लिङ्देन
गाँजालाई वैधानिक बनाउनुपर्छ : राजेन्द्र लिङ्देन ‘नयाँ ढंगले सोच्नुपर्‍यो, नयाँ सोचका साथ अघि बढ्नुपर्‍यो, मकवानपुरको पश्चिमी क्षेत्रमा हेर्नुहोस् त, गाँजा कसरी फस्टाएको छ। त्यसलाई वैधानिक गराउनुपर्‍यो, सदुपयोग गर्नुपर्‍यो,’ उनले भने। नेपालमा उत्पादित गाँजालाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नसके देशको अर्थतन्त्र बलियो हुने उनले दाबी गरे। अभिनेत्री मनिषा कोइराला ललगायत राप्रपाका नेताहरुले चुनावी सभालाई सम्बोधन गरेका थिए।
आज ओलीको घरदैलो पैदलयात्रा
आज ओलीको घरदैलो पैदलयात्रा पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी बन्नुभएको थियो । चुनावको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचार प्रसार तीव्र पारेका छन् । यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त छन् ।
तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्नू : सर्वोच्च अदालत
तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्नू : सर्वोच्च अदालत आयोगको निर्णयविरुद्ध कार्कीले निवेदन दिएपछि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश दिएको थियो । तर यो आदेशको खारेजीको माग गरेर आयोगले भ्याकेट निवेदन दिएको थियो । 
रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड भएकोबारे आयोगले गृहलाई भन्यो : निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण बनाउनू
रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड भएकोबारे आयोगले गृहलाई भन्यो : निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण बनाउनू ‘७ वटा गाडीमा मानिसहरू चुनावी प्रचारमा गएका रहेछन्। तीमध्ये अन्तिमको गाडीमा चढेका मानिसहरूले गठबन्धनको झन्डा रहेको अर्को गाडीमा सवार मानिसहरूलाई जिस्क्याएको भन्ने छ,’ उनले भने, ‘उनीहरूबीच भनाभन र धकेला धकेल भएछ। त्यसपछि गाडी तोडफोड भएको भन्ने छ।’ इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनजित तामाङले बताए।
गोरखामा एमाले नेता हरि काफ्लेमाथि आक्रमण
गोरखामा एमाले नेता हरि काफ्लेमाथि आक्रमण ‘घटना राजनीतिक होइन २ समूहबीच विवाद पछि होटलमा रहेका टेबुलका सिसा फुटाउने र वियरका बोत्तल प्रहार भएको हो, खाना खाने क्रममा २ समूहबीच झगडा  हुँदा १ जना घाइते भएको,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
उच्च मनोवलकासाथ चुनावमा केन्द्रित हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट युनिट कमाण्डरहरुलाई निर्देशन
उच्च मनोवलकासाथ चुनावमा केन्द्रित हुन सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट युनिट कमाण्डरहरुलाई निर्देशन निर्वाचनको समयमा फिल्डमा खटिंदा सामान्य भन्दा सामान्य त्रुटि समेत आफुले सुन्न र देख्न नचाहेको बताउनुहुँदै महानिरीक्षक अर्यालले बन्दोबस्ती लगायत अन्य भौतीक व्यवस्थापन संगठनले मातहत इकाईहरुसम्म पुर्‍याई सकेकोले त्यसको उच्चतम र भरपूर प्रयोग गर्न समेत निर्देशन दिनुभयो । 
देश भरका रेडियोले निर्वाचन आयोगका सम्पूर्ण सूचनाहरु बहिष्कार – रेडियोहरुको छात सङ्गठनको विज्ञप्ति, निर्वाचन आयोग भन्छ रेडियोले नबजाए पनि निर्वाचन हुन्छ !
देश भरका रेडियोले निर्वाचन आयोगका सम्पूर्ण सूचनाहरु बहिष्कार – रेडियोहरुको छात सङ्गठनको विज्ञप्ति, निर्वाचन आयोग भन्छ रेडियोले नबजाए पनि निर्वाचन हुन्छ ! तर आयोग भित्रका केहि पदाधिकारीहरुले आफ्नो आर्थिक लाभमा प्रश्न उठाएको भन्दै “एफ एम रेडियोमा सूचनाहरु प्रसारण नगर्दैमा मंसिर ४ को निर्वाचन रोकिदैन ।” भन्ने अभिव्यक्ति दिंदै सम्पूणर् एफ एम रेडियोको विज्ञापन नै रोक्ने कार्यले आयोग भित्रको आर्थिक चलखेललाई झन उदांगो बनाएको छ ।
काठमाडौं ६ मा रोचक प्रतिस्पर्धा : दागी भर्सेस सादगी
काठमाडौं ६ मा रोचक प्रतिस्पर्धा : दागी भर्सेस सादगी अझ रोचक त के छ भने सोही क्षेत्रबाट दुई पटक प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका प्रधान आफ्ना हरेक मतदातासँग चिरपरिचित छन् । आफ्नो क्षेत्रभित्रका चोक–चौतारा, मठ–मन्दिर, चैत–गुम्बा, चर्च–मस्जिद, गल्ली, टोल मात्र होइन हरेक घरका दैला र भर्याङको आकारप्रकार छामेका छन् ।
निर्वाचन आयोगले गर्यो विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउनेबारे छ बुँदे निर्णय
निर्वाचन आयोगले गर्यो विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउनेबारे छ बुँदे निर्णय निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन सञ्चारमाध्यमबाट प्रचार-प्रसार गर्न पाउने निर्णय गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।
Weather Update