Kath khabar
बजेटमा पहिलो पटक गाँजा खेतीले प्राथमिकता पायो
बजेटमा पहिलो पटक गाँजा खेतीले प्राथमिकता पायो औषधिजन्यको लागि गाँजा खेतीको प्रयोगको लागि सम्भाव्यता अध्यान गरिने अर्थमन्त्री महतले जानकारी दिए। सांसदहरुले टेबल ठोकेको देखेर अर्थ मन्त्री पनि दंग परेको देखिन्थ्यो। बजेट पढ्न एकछिन 'पज' गर्दै अर्थमन्त्री पनि हाँसेका थिए।
आर्थिक वर्षको १० महिनामा अलैँचीको निर्यात ह्वात्तै बढ्यो
आर्थिक वर्षको १० महिनामा अलैँचीको निर्यात ह्वात्तै बढ्यो चालु आर्थिक वर्षको १० महिनामा नेपालको कुल निर्यात २४ प्रतिशतले घटेर १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँको भएकोमा नेपालमा उत्पादित अलैँचीको निर्यात भने बढेको हो ।
रासायनिक मल आपूर्ति पश्चात किसान उत्साहित
रासायनिक मल आपूर्ति पश्चात किसान उत्साहित “मल आएको छ भन्ने थाहा पाएपछि हतारमा अन्य काम छाडेर मल लिन दौडिएँ, कम नै भए पनि मल पाएपछि थोरै थोरै गरी हाल्ने र फसल लाग्ने बेलाको धान, मकैमा राम्रो फसल लाग्ने आशा जागेको छ”, उनले भने।
कृषकको पिडा : किलोको ५ रूपैँयामा पनि बिकेन बन्दा
कृषकको पिडा : किलोको ५ रूपैँयामा पनि बिकेन बन्दा ७० हजार खर्च गरेर १ बिघा जमिनमा बन्दागोभी लगाएका चौधरीले भने, “बिक्री गर्न बजारमा लैजाँदा पनि कोही किन्न तयार भएनन्, थोरै मूल्यमा बिक्री गर्न मनले मानेन, त्यसपछि बिक्री गर्न बजार लैजान छोडेको छु।”
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान “गाउँमै गहुँको राम्रो मूल्य पाइयो, “हामीले रु. ४ हजार देखि रु. ४ हजार २ सय प्रति क्विन्टलका दरले गाउँमै गहुँ बेचिरहेका छौँँ”, कृषक चौधरीले भने, “खाद्यले गहुँको मूल्य चलनचल्ती भन्दा धेरै कम निर्धारण गरेको छ।”
हेमजा आलु महोत्सवमा ५ करोडको आलु बिक्री
हेमजा आलु महोत्सवमा ५ करोडको आलु बिक्री हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको महोत्सवको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए ।
पाल्पाका कृषक मौरीपालन तर्फआकर्षित
पाल्पाका कृषक मौरीपालन तर्फआकर्षित सानो लगानीबाट व्यवसायीकरण गर्न सकिने, यससँगै अन्य व्यापार, व्यवसाय, पेसामा आबद्ध रहे पनि मौरीबाट आयस्रोत भित्र्याउन सकिने हुँदा यसप्रति धेरैको आकर्षण बढिरहेको छ ।
जुम्लामा कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा
जुम्लामा कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको यहाँका स्थानीयवासी बताउँछन्। जिल्लामा करिब २ हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
बाँदर र बँदेलको दुःखले किसान आँप खेतीतर्फ
बाँदर र बँदेलको दुःखले किसान आँप खेतीतर्फ “पहिले अरु बाली लगाउँदा दिउँसो बाँदर र राति बँदेल रुँघ्नुपथ्र्यो”, उनले भने, “तर आँप लगाएपछि अहिले दिनमा बाँदर रुँघे पुग्छ ।
स्वदेशमा प्रयोगशाला नहुँदा नेपाली चियाको गुणस्तर जाँच्न भारत धाउनुपर्ने व्यवसायीको बाध्यता
स्वदेशमा प्रयोगशाला नहुँदा नेपाली चियाको गुणस्तर जाँच्न भारत धाउनुपर्ने व्यवसायीको बाध्यता भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेकै मूल्यको आधारमा ५० वर्ष देखि एउटै मूल्यमा नेपाली उद्योगी, व्यवसायी चिया बिक्री गर्न बाध्य भएको छ। "भारतले गुणस्तर परीक्षण नगरी एक प्याकेट पनि चिया लैजान दिँदैन, त्यति टाढा कोलकाता पुर्‍याएर गुणस्तर परीक्षण गर्दा समय र लागत बढ्छ।" सरकारले चाहने हो भने प्रयोगशाला...
चिया निर्यातबाट वार्षिक ३ करोड विदेशी मुद्रा आर्जन
चिया निर्यातबाट वार्षिक ३ करोड विदेशी मुद्रा आर्जन देशभरमा १७ हजार बढी चिया कृषक चियाखेतीमा आबद्ध रहेको जानकारी दिए। उनले पहाडी भू-भागमा उत्पादित अर्थोडक्स चियाका लागि सरकारले ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नाम ट्रेडमार्क जारी गरेको बताए।
हिमपात र वर्षा नहुँदा सुक्न थाले हिउँदेबाली
हिमपात र वर्षा नहुँदा सुक्न थाले हिउँदेबाली हिमपात नभए पछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नभएको र पग्लिएर नाङ्गिन थालेका छन् । जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जङ्गली फूलहरूमा पनि देखिन थालेको छ । चैत-वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष पुस देखि नै फुलेको देखिएको छ ।
Weather Update