जर्मनीमा कू को प्रयास, २५ जना पक्राउ
बुधबार, मंसिर २१, २०७९

हेइटी : गुण्डाहरूको जगजगी जहाँ प्रधानमन्त्री समेत कार्यालय जान सक्दैनन्
मंगलबार, मंसिर २०, २०७९
अपहरण त फैलँदो उद्योग बनेको छ। राष्ट्रसङ्घका अनुसार ज्यानुअरी र अक्टोबरको बीचमा १,१०७ जना अपहरणमा परेका थिए। कतिपय समूहका निम्ति अपहरण आयको मुख्य स्रोत बनेको छ। बिहानीको ‘रश आवर’ वा व्यस्त समय भनेको ६ बजेदेखि ९ बजेसम्म अपहरण अत्यधिक हुन्छ। त्यसपछि बेलुकीको व्यस्त समय ३ बजेदेखि ६ बजेसम्म अर्को चरणका...

चीनको वुहानस्थित प्रयोगशालाका वैज्ञानिकको खुलासा : कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो
सोमबार, मंसिर १९, २०७९
महामारीविज्ञ हफले आफ्नो पछिल्लो पुस्तक ‘द ट्रुथ अबाउट वुहान’मा अमेरिकी सरकारको आर्थिक सहयोगका कारण महामारी फैलिएको दाबी गरेका छन् । हफको पुस्तकका अंशहरू बेलायतको ट्याब्लोइड द सनमा बाहिर आएको छ। हफले आफ्नो पुस्तकमा दाबी गरेका छन की चीनको ‘गेन-अफ-फङ्सन’ प्रयोग अपर्याप्त सुरक्षाका साथ सञ्चालन गरिएको थियो, जसका कारण वुहान प्रयोगशालामा...

एल साल्भाडोरमा गुन्डागर्दी विरुद्धको विशेष सैन्य अभियान सुरु
आइतबार, मंसिर १८, २०७९
राजधानी सान साल्भाडोरबाट मात्र १३ किलोमिटर पश्चिममा रहेको यो सहर लामो समयदेखि गुन्डागर्दीका गतिविधिको केन्द्रको रूपमा परिचित छ । पुलिस र सेनाको निकासी टोलीलाई गिरोहका सबै सदस्यलाई १-१ गरेर बाहिर निकाल्ने जिम्मेवारी दिइएको राष्ट्रपति बुकेलेले बताउनुभएको छ ।

बिहान छोरी जन्माएकी महिला साँझमा करोडपति बनिन्
आइतबार, मंसिर १८, २०७९
एउटी महिलाले छोरी जन्माएपछि आफ्नो भाग्य कसरी परिवर्तन भयो ? अचानक करोडभन्दा धेरै रुपैयाँको मालिक भइन् , उनले छोरीलाई आफ्नो लक्की चार्मको रूपमा वर्णन गरिन् । महिलाले भनिन् कि मलाई लाग्छ कि छोरीले मेरो भाग्य परिवर्तन गरिदिइन्, म उनीप्रति धेरै आभारी छु।

अनिवार्य ड्रेस कोड (हिजाब) नलगाए पछि इरानी सरकारले भत्कायो पर्वतारोही एलनाज रेकाबीको घर
आइतबार, मंसिर १८, २०७९
सरकार विरोधी कार्यकर्ताहरूले रेकाबी विरुद्ध सरकारले बदला लिएको भन्दै निन्दा गरेका छन्। उनको घर पूर्ण रुपमा भत्किएको अर्धसरकारी समाचार निकाय तासनिमले जनाएको छ। गैरकानुनी ढंगले घर भत्काइएको उक्त समाचार संस्थाले दाबी गरेको छ।

चीनमा शून्य कोभिड नीतिको विरोधमा सडकमा उत्रिए जनता, १३ सहरमा प्रदर्शन
सोमबार, मंसिर १२, २०७९
‘हामी प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, आन्दोलनको स्वतन्त्रता चाहन्छौं । हामीलाई हाम्रो स्वतन्त्रता दिनुहोस् ।’ जनताले राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागिरहेका छन् ।

इरानमा पक्राउ परेका र्यापरको परिवार जोखिममा रहेको परिवारको चिन्ता
आइतबार, मंसिर ११, २०७९
अमिनीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा हजारौँ प्रदर्शनकारी पक्राउ परेका छन् । सयौँमाथि मुद्दा लगाइएको छ । प्रदर्शनकारीलाई झूट्टा आरोप लगाइएको अधिकारबादीहरूले जनाएका छन् । इरान प्रदर्शनमा अहिलेसम्म ३२६ जनाको मृत्यु भएको छ ।

चीनमा राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै व्यापक प्रदर्शन
आइतबार, मंसिर ११, २०७९
कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरिरहेका छन्।आज्ञाकारी र सौम्य चिनियाँ समाजमा खुल्ला रूपमा राष्ट्रपति सीको राजीनामा मागिनु उनीविरुद्ध बाहिर देखिएको अहिलेसम्मकै कडा खालको आलोचना हो।

एउटा बीभत्स ‘हत्या’का कारण स्तब्ध भारत
शुक्रबार, मंसिर ९, २०७९
दिल्ली प्रहरीका अनुसार बुधवार एक हस्तलिखित नोट सार्वजनिक भयो जुन वाल्करले सन् २०२० मा लेखेकी थिईन। त्यसमा उनले पूनावालाले आफूमाथि कुटपिट गरेको भन्दै उनी विरुद्ध उजुरी दिएकी थिइन् र उनले आफूलाई “मारेर टुक्राटुक्रा पारेर फाल्ने धम्की दिएको” जनाएकी थिइन्।

रोनाल्डोलाई २ खेलमा प्रतिबन्ध
बिहीबार, मंसिर ८, २०७९
गत अप्रिलमा एभर्टन विरुद्धको खेलमा पराजित भएपछि एभर्टनका समर्थकको फोन फुटाएको आरोपमा रोनाल्डोलाई २ खेलको प्रतिबन्ध लगाइएको हो, साथै उनलाई ५० हजार पाउण्ड जरिवाना समेत सुनाइएको छ ।

एम-एच १७ जहाज खसाएर ३ सयको हत्या आरोपमा ३ जनालाई आजिवन काराबासको फैसला
शुक्रबार, मंसिर २, २०७९
२०१४ को जुलाई १७ मा नेदरल्याण्डको आम्सटरडमबाट मलेसिया उडेको एम-एच १७ कलसाइन भएको जहाजलाई क्षेप्यास्त्र प्रहार गरी खसालिएको थियो। त्यस घटनामा जहाजका सबै यात्रुको मृत्यु भएको थियो।
साताको लोकप्रीय