इरानमा अज्ञात हमलाकारीद्वारा प्रदर्शनकारी र सुरक्षाकर्मी माथि भीषण गोलीबारी, ५ जनाको मृत्यु
बिहीबार, मंसिर १, २०७९

टर्कीका धार्मिक नेता अदनानओक्तारलाई यौन दुर्व्यवहारको आरोपमा ८ हजार ६ सय ५८ वर्षको जेल सजाय
बिहीबार, मंसिर १, २०७९
गएको वर्ष पनि उनीमाथि यौन दुर्व्यवहार र नाबालिग बालिकाको शोषणको मुद्दा परेको थियो । जसका कारण अदनानलाई १ हजार ७५ वर्षको जेल सजाय सुनाइएको थियो । अदनानमाथि राजनीतिक र सैन्य जासुसीको पनि आरोप छ । उनी धार्मिक नेता गुरु भए पनि उनको जीवनशैली फरक छ ।

‘ममाथि फेरि पनि घातक हमला हुन सक्छ’ : इमरान खान
बिहीबार, मंसिर १, २०७९
इमरान खानले भने, ‘म सत्ता बाहिर भएदेखि मेरो पार्टी बलियो भएको छ । मेरो पार्टीले ७५ प्रतिशत उपनिर्वाचन जितेको छ । यस्तो अवस्थामा चुनाव भयो भने हाम्रो पार्टीले जित्छ भन्ने डर छ । त्यसैले तिनीहरू मलाई समाप्त गर्न चाहन्थे। ”

युक्रेन लक्षित मिसाइल पोल्याण्डमा खस्दा २ जनाको मृत्यु
बुधबार, कात्तिक ३०, २०७९
नेटोले आफ्नो सदस्य देशमा भएको मिसाइल आक्रमणको घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ । नेटोले घटनाको आवश्यक छानविन गर्ने र जवाफ दिने स्पष्ट पारेको छ । रुसले जी-२० सम्मेलनकै क्रममा युक्रेनको राजधानी किएभ सहित विभिन्न सहरमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

६ वर्षपछि चीन र अस्ट्रेलियाका राष्ट्रप्रमुख बीच भेटवार्ता हुँदै
मंगलबार, कात्तिक २९, २०७९
सन् २०१८ मा अस्ट्रेलिया सरकारले चिनियाँ कम्पनी हुवावेलाई अस्ट्रेलियामा फाइभ जी नेटवर्क विस्तार गर्न नदिने र वैदेशिक हस्तक्षेप सम्बन्धी कानुन पारित गरेसँगै २ देशबीच तिक्तता सुरु भएको थियो । त्यसपछि कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धानको सवालमा अस्ट्रेलियाले लिएको कडा अडानपछि सम्बन्ध झनै बिग्रेको थियो ।

अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गयो, २ जना घाइते
मंगलबार, कात्तिक २९, २०७९
युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो । भर्जिनिया विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ । साथै अमेरिकाका सार्वजनिक विश्वविद्यालयमध्ये तेस्रो स्थानमा छ ।

८ अर्ब पुग्यो विश्वको जनसङ्ख्या
मंगलबार, कात्तिक २९, २०७९
संयुक्त राष्ट्र सङ्घको आंकलन अनुसार विश्वको जनसङ्ख्या ९ अर्ब पुग्नका लागि अबको १५ वर्ष लाग्न सक्नेछ। सन् २०८० अघि जनसङ्ख्या १० अर्ब पुग्ने सम्भावना नरहेको राष्ट्र सङ्घले जनाएको छ ।

अब एउटै ह्वाट्सएप अकाउन्ट ५ वटा फोनमा प्रयोग गर्न सकिने
सोमबार, कात्तिक २८, २०७९
यसलाई ह्वाट्सएपको कम्प्यानियन मोड भनिन्छ । यो फिचरमा ह्वाट्सएपमा लामो समयदेखि काम गरिरहेको थियो । कम्प्यानियन मोड पहिले देखिनै पिसीहरुका लागि उपलब्ध रहेको थियो ।अब भने फोनका लागि पनि यो मोड उपलब्ध हुने भएको छ । यो मोडलाई लिंक विथ योर फोन फिचर पनि भनिन्छ ।

भारतीय अर्बपति मुकेश अम्बानी लिभरपुल किन्ने होडमा
सोमबार, कात्तिक २८, २०७९
अम्बानीको कम्पनी रिलायन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सको मालिक हो । यसले भारतीय फुटबल महासंघ (एआईएफएफ)सँग मिलेर इन्डियन सुपर लिग पनि सञ्चालन गरिरहेको छ ।

टी-२० विश्वकपमा पाकिस्तान हारेपछि भारतमा विद्यार्थीहरूबीच कुटाकुट
सोमबार, कात्तिक २८, २०७९
मोगाको निजी इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजका विद्यार्थीहरु सँगै बसेर खेल हेरिरहेका थिए । खेलमा पाकिस्तानको हारपछि बिहार र कश्मीरका विद्यार्थीहरूबीच बहस भएको थियो । केहीबेरमा झगडा कुटाकुटमा पुगेपछि दुवै समूहले एकअर्कालाई ढुंगा र इँटा प्रहार गरेको प्रहरीले जनाएको छ ।

महान् फुटबलर पेलेको भविष्यवाणी - ब्राजिल छैटौं पटक विश्वकप च्याम्पियन बन्नेछ
आइतबार, कात्तिक २७, २०७९
ब्राजिलले पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको थियो । विश्वका उत्कृष्ट फुटबलरमध्ये एक मानिने पेले तीन पटक विश्वकप जित्ने एकमात्र खेलाडी हुन्।

चर्चित टिभी अभिनेता सिद्धान्तको जिममा कसरत गर्ने क्रममा हृदयघातका कारण निधन
शुक्रबार, कात्तिक २५, २०७९
जिममा कसरत गर्ने क्रममा अचानक लडेका थिए । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

आरोहीको शव खोज्ने मिसनमा ‘म्यान भर्सेस वाइल्ड’का बियर ग्रिल्स नेपाल आएको डेलीमेलको खुलासा
शुक्रबार, कात्तिक २५, २०७९
डेलीमेलका अनुसार पिप मिडल्टन (बेलायती राजकुमारी केट मिडल्टनकी बहिनी)को देवरको शव खोज्न बियर ग्रिल्स नेपाल आइपुगेका थिए । बेलायतका कान्छा सगरमाथा आरोहीको रेकर्ड बनाएलगत्तै म्याथ्यु हिम दुर्घटनामा परेको जनाइएको छ ।
साताको लोकप्रीय