Kath khabar
बिहान छोरी जन्माएकी महिला साँझमा करोडपति बनिन्


                        नर्थ क्यारोलिना, मंसिर १८ ।  अमेरिकाको नर्थ क्यारोलिना निवासी  २८ वर्षीया महिला ब्रेन्डाले नोभेम्बर ९ को बिहान छोरीलाई जन्म दिईन, सोही दिन साँझ उनको चिठ्ठा निस्कियो । उनले पुरस्कार स्वरुप १ लाख डलर (लगभग १ करोड ३० लाख रुपैयाँ) पाइन् । कर आदि कटाएपछि ब्रेन्डाले करिब ८५ लाख रुपैयाँ कमाएकी छिन् । 

एउटी महिलाले छोरी जन्माएपछि आफ्नो भाग्य कसरी परिवर्तन भयो ? अचानक करोडभन्दा धेरै रुपैयाँको मालिक भइन् ? उनले छोरीलाई आफ्नो लक्की चार्मको रूपमा वर्णन गरिन् । महिलाले भनिन् कि मलाई लाग्छ कि छोरीले मेरो भाग्य परिवर्तन गरिदिइन्, म उनीप्रति धेरै आभारी छु।

नोभेम्बर ३० मा यो रकम उनको खातामा ट्रान्सफर भयो । अहिले उनको कथा सामाजिक सञ्जालमा हेडलाइन बनेको छ । द मिररका अनुसार पुरस्कार जितेपछि ब्रेन्डाले भनिन् - ‘मेरी छोरीले मेरो भाग्य परिवर्तन गरिन्, म उनीप्रति आभारी छु । उनी मेरा लागि लक्की चार्म साबित भइन् ।

ब्रेन्डा भन्छिन् कि यूएस पावरबल लटरी ड्र घोषणा हुने बित्तिकै म खुशीले उफ्रें, मैले चिठ्ठा जितेको अधिकारीहरुले बताएका छन् । यो सुनेर मेरो आँखाबाट आँसु आयो । बिहान छोरी जन्मिन् र बेलुका लटरी जिते । यो दोहोरो खुशीले मेरो सम्पूर्ण परिवारलाई रोमाञ्चित बनायो।

तत्कालका लागि, ब्रेन्डाले सबैभन्दा पहिले पुरस्कारको रकमबाट आफ्नो ऋण तिर्नेछिन् । त्यसपछि मात्रै अन्य काममा पैसा खर्च हुनेछ,  ब्रेन्डाका २ सन्तान छन् । उनले आफ्नो जन्मदिनमा चिठ्ठा किन्दै आएकी छिन् तर कहिल्यै सफल भएकी थिईनन्, तर छोरी जन्मेको दिन उनले चिठ्ठा जितिन् । ब्रेन्डाले यसलाई चमत्कार भन्दा कम ठान्दिनन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update