Kath Khabar
विश्वकै पहिलो उड्ने बाइक ‘स्पीडर’को बुकिङ सुरु
विश्वकै पहिलो उड्ने बाइक ‘स्पीडर’को बुकिङ सुरु जेटप्याक एभिएसनले विश्वको पहिलो उड्ने मोटरसाइकलको उडान परीक्षण गरिरहेको छ । यो मोटरसाइकलको वजन १३६ केजी रहेको छ। यसले २७२ केजी भारी बोक्न सक्नेछ । यसलाई टाढाबाट पनि नियन्त्रण गर्न सकिन्छ। यो फ्लाइङ बाइक अमेरिकाको जेटप्याक एभिएसन कम्पनीले बनाएको हो ।
पेलेलाई अन्तिम बिदाइ गर्न उर्लियो जनसागर
पेलेलाई अन्तिम बिदाइ गर्न उर्लियो जनसागर तापमान झन्डै ३० डिग्री सेल्सिअस पुगेको छ। तर पूरै सहर पेलेको शव राखिएको रङ्गशालातिर उर्लिएको देखिन्छ । शोकाकुल प्रशंसकहरूले रङ्गशालाको बीचको भागमा पुगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।
जब ८ हजार मानिसलाई एउटै म्यासेज आयो, तपाईलाई घातक फोक्सोको क्यान्सर छ
जब ८ हजार मानिसलाई एउटै म्यासेज आयो, तपाईलाई घातक फोक्सोको क्यान्सर छ यो घटनाले बिरामीहरुमा त्रास फैलाएको थियो । ५७ वर्षीय बिरामी क्रिस रीडले भने, ‘मलाई क्यान्सर भएको सन्देश आयो जब म मेरो रिपोर्टको पर्खाइमा थिएँ । यो पढेपछि मलाई डर लाग्यो । म भित्रै आत्तिएर रुन थालें ।
कारागारमा गोली चल्दा ४ बन्दी सहित १० जनाको मृत्यु, दर्जनौँ कदी फरार
कारागारमा गोली चल्दा ४ बन्दी सहित १० जनाको मृत्यु, दर्जनौँ कदी फरार सीमावर्ती सहर सिउडाड जुआरेजमा भएको सो क्रुर हमलामा ४ बन्दी सहित १० जनाको मृत्यु भएको थियो। प्रहरीका अनुसार करिब २४ कैदीहरू भागेका छन्। कारागारभित्र विभिन्न आपराधिक समूह र लागुऔषधका कैदीहरूलाई छुट्टाछुट्टै कक्षमा राखिएको थियो।
सन् २०२२ मा पहिलो पटक भएका ९ रोचक घटना
सन् २०२२ मा पहिलो पटक भएका ९ रोचक घटना अमेरिकी अन्तरिक्ष निकायले सेप्टेम्बर २८ मा एउटा क्षुद्रग्रहमा एउटा यान योजनाबद्ध रूपमा ठोक्काएर सफलतापूर्वक त्यो क्षुद्रग्रहको मार्ग परिवर्तन गराइदियो। कुनै बेला पृथ्वीमा आएर ठोक्किने खतरा भएका चट्टान वा क्षुद्रग्रहहरूलाई सुरक्षित रूपमा अन्यत्र मोडिदिने विषयको परीक्षण गर्न त्यसो गरिएको थियो।
भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी घाइते
भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी घाइते उनी आफैं कार चलाउँदै थिए, उनी रुर्कीको गुरुकुल नरसान हुँदै घर पुग्नै लाग्दा निदाएका थिए र कार डिभाइडरमा ठोक्किएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक स्वास्थ्य बिग्रिएपछि उनलाई बुधबार भर्ना गरिएको युएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरको बुलेटिनमा उनको निधनको खबर दिइएको हो ।
भारतमा बनेको खोकीको औषधिले उज्बेकिस्तानमा १८ जना बालबालिकाको ज्यान लियो
भारतमा बनेको खोकीको औषधिले उज्बेकिस्तानमा १८ जना बालबालिकाको ज्यान लियो यो औषधिमा परीक्षणका क्रममा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको पनि त्यहाँको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ । यसअघि भारतमा बनाइएको खोकीको औषधि खाँदा अफ्रिकी देश गाम्बियामा ७० जना बालबालिकाको ज्यान गएको थियो ।
भ्रष्टाचार आरोपमा १७ वर्ष जेल सजाय पाएका दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई माफी
भ्रष्टाचार आरोपमा १७ वर्ष जेल सजाय पाएका दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई माफी हुन्डाईका पूर्व सीईओबाट अध्यक्ष बनेका उनलाई सन् २०१८ मा १६ वटा आपराधिक आरोप लगाइएको थियो र २०२० मा सजाय सुनाइएको थियो।
हिमपातले अमेरिकामा जीवन कष्टकर  ‘युद्धकालिन जस्तो अवस्था’
हिमपातले अमेरिकामा जीवन कष्टकर  ‘युद्धकालिन जस्तो अवस्था’ स्थानीय स्वास्थ्य विभागलाई उद्धृत गर्दै पोलोन्कार्जले हिउँ खन्दा धेरैको मुटुको समस्याले मृत्यु भएको र केही सवारी साधनमा मृत अवस्थामा भेटिएको बताए । न्युयोर्कका गभर्नर क्याथी होचुलले भने, “यो युद्ध क्षेत्रमा जानु जस्तै हो र सडकको छेउमा पार्क गरिएका सवारी साधनहरूको अवस्था हृदयविदारक छ।”
सुन खानी पुरिंदा १८ जना मजदुर भित्रै फसे
सुन खानी पुरिंदा १८ जना मजदुर भित्रै फसे शनिबार दिउँसो काजाकिस्तानको सीमानाबाट करिब १०० किलोमिटर (६० माइल) टाढा रहेको यिनिङ काउन्टीमा खानी भत्किँदा उनीहरू पुरिएका थिए। खानी भत्केको समयमा ४० मजदुर सुरुङमा काम गरिरहेका थिए।
Weather Update