Kath khabar
अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको हृदयाघात पछि निधन

 

                        काठमाडौं, पुस २९ ।  अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको निधन भएको छ। उनको परिवारिक श्रोतअनुसार उनी क्यालिफोर्नियाको कालाबाससस्थित आफ्नो घरमा अचेत अवस्थामा भेटिएकी थिइन्।

५४ वर्षिया लिसाको बिहीबार मृत्यु भएको हो। हृदयाघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको निधन भएको बिबिसीले उल्लेख गरेको छ।

उनी चर्चित अमेरिकी अभिनेता, गायक तथा संगीतकार एल्भिस प्रेस्लेकी छोरी हुन्। आमाबुवाको सम्बन्धविच्छेद पछि उनी आफ्नी आमासँग क्यालिफोर्नियामा बस्थिन्।  उनको बुवाको सन् १९७७ मा मृत्यु भएको थियो। त्यतिबेला उनी ९ वर्षको थिइन्।

लिसाले आफ्नो जिबनकालमा ४ पटक विवाह गरेकी छन्। उनले सन् १९९४ मा संगीतकार डेनी केफसँग पहिलो विवाह गरेकी थिइन्। डेनीसँग सम्बन्धविच्छेद गरेको २० दिनपछि उनले पप स्टार माइकल ज्याक्सनसँग विवाह गरिन्, विवाह गरेको २ वर्षपछि उनले माइकलसँग सम्बन्धविच्छेद गरिन् त्यसपछि २००२ मा अभिनेता निकोलस केजसँग विवाह गरेकी थिइन्। विवाहको २ वर्षपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो।

सन् २००६ मा लिसाले गिटारिस्ट माइकल लकवुडसँग विवाह गरिन्, माइकलसँग २०१६ मा सम्बन्धविच्छेद गरेकी थिइन्। 

उनको सो लभ्ली, ओभर मी, इडियट, लाइट आउट, नोबडी नोटिस्ड इट लगायत गीत निकै लोकप्रिय छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update