Kath Khabar
आज भेटिए १६३ जना कोरोना संक्रमित


          काठमाडौं, भदौ २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक सय ६३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुुल तीन हजार सात सय ४६ वटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १२ हजार १० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय ३० संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update