
काठमाडौं, जेठ १५ । चौधौं गणतन्त्र दिवस जेठ १५ का अवसरमा राष्ट्रपति, प्रधानमन्त्री देखि पक्ष विपक्षका सबैले शुभकामना दिनुभयो । यो एउटा समान्य औपचारिक पनि हो । अनुभव के छ भने यस्तो सन्देशमा कुनै ‘जीवन’ हुँदैन । यो सधैँको कुरा हो ।
तर यो पटक एक पूर्व पदाधिकारीले अरु यस्तै वहाल र पूर्व पदाधिकारीहरु अर्थात जसले यो दिनमा जस्तो शुभ कामना दिइरहनु भएको हुन्छ त्यो भने भिन्न रहेको पाइयो, सबैको मन छुने खालका र खासगरी जो राज्यमा दायित्व लिएर बसेका हरुलाई फेरी त्यसको वोध गराउने गरी । माथिको शीर्षकले पनि यो कुरा बताएको हुनु पर्छ ।
यो गणतन्त्र दिवसको अघिल्लोदिन जेठ १४ को । यो दिन दुई ओटा कुरा एकै पटक जस्तो हुनेगरी सार्वजनिक भए । एक, बहालवाला प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन र दोस्रो पूर्व पधानामन्त्रीको गणतन्त्र दिवसमा सबैले सुन्नुपर्ने भनी दिइएको सन्देश । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीका आफ्नो कार्यकालमा भए गरेका कामकुराहरु भविष्यमा गर्ने भनी देखाइएका सपनाका शब्दहरु थिए आकाशपातल नै जोडिएका टिप्पणी हुनेगरी । प्रधानमन्त्री ओलीका यो सम्बोधन प्रत्यक्ष प्रसारणमा थियो जो पुरै एक घण्टा लाग्यो । बुँदा आफै पनि ७२ ओटा थिए । दोस्रो, मन्त्रिपरिषदका पूर्व अध्यक्ष (पूर्व प्रधानमन्त्री) खिलराज रेग्मीका दुई शब्द जो सीमित माध्यममा मात्रै प्रचारमा आयो जो अत्यन्त मार्मिक थिए ।
रेग्मी त्यसबेलाको सरकारका प्रमुखमात्र हुनुहुन्न, उहाँ पूर्व प्रधान न्यायाधीश पनि हो यो तहको व्यक्ति-पदाधिकारीलाई यो दिवस यताउताका दृश्यहरुले कस्तो सन्देश दिइरहेका छन भन्ने भावनात्मक मात्रै होइन यतिबेलाको शासकीय निस्पृहताको पनि वोध गराउला । त्यसकारण पनि प्रधानमन्त्रीले त्यो ७२ बुँदामा व्यक्त गर्नु भएका ती विवरणले यी पूर्व पदाधिकारीले देखेको अवस्थाको सम्बोधन गरेको छ भन्ने प्रश्न उठ छ नै ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको चिन्ता देशमा सधैँ राजनीतिक विवादलाई अदालतको प्राङ्गणमा पुर्याउने र त्यहाँको परेड खेल जस्तो बनाउने गरेको तर्फपनि केन्द्रित रहेको पाइयो । उहाँका अनुसार अहिलेका यि दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुगेको अवस्था छ । चौधौंँ गणतन्त्र दिवस (जेठ १५) का उपलक्ष्यमा दिएको सन्देशमा उहाँले मुलुकलाई कोरोना महामारीले गाँजेका बेलामा सबै जुटेर नागरिकको जीवन सुरक्षित गर्ने विषयलाई सर्वाधिक प्राथमिकता बनाउन सुझाव दिनुभएकोे ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीका सन्देश शब्द : ‘राजनीति आफैँमा समस्या नबनी जनजीविकाको समस्या समाधान गरी समृद्ध नेपालको परिकल्पना साकार पार्ने औजार बन्न सके मात्र गणतन्त्र दिवस मनाउनुको सार्थक सन्देश हुनेछ । राजनीतिक खिचातानी र कोभिडको महामारीले नेपाली जनजीवन उदेक लाग्दो चक्रव्यूह र कष्टकर जीवनयापन गर्न अभिशप्त रहँदै आएको छ । आर्यघाटको लासको चाङको दारुण दृश्य र चिताको चित्कारले के सन्देश दिइरहेछ ?’
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीका सन्देश शब्द:
’नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौँ । व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता हो ।संविधानद्वारा संरक्षित लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमशः संस्थागत हुँदै गइरहेको छ । गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सु-संस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु ।’