Kath khabar
यसवर्षको एसईई चैत दोस्रो हप्तादेखि सुरु हुने


           काठमाडौं, असोज २८। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत दोस्रो हप्तादेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी शैक्षिक २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिकाअनुसार एसईई चैत दोस्रोदेखि हुने भएको हो ।

एसईईको नतिजा भने २०८० को असार तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने कार्यतालिका रहेको छ। परीक्षा सञ्चालन जिल्ला, प्रदेश, परीक्षा नियन्त्रण कार्यालयले संयुक्त रूपमा लिने बोर्डले जनाएको छ । पूरक परीक्षा २०८० को साउन अन्तिम हप्तामा हुनेछ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update