Kath khabar
ड्राइभिङ लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने तरिका


            काठमाडौं, कात्तिक २० ।  तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि छ भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भए/नभएको यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ ।

ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र सी अर्थात एलसी (LC) लेखेर ३१००३ मा एसएमएस पठाउन सकिन्छ । यसरी एसएमएस पठाउदा आवश्यक जानकारी लिन सकिन्छ ।

त्यसैगरी तपाईले ललितपुरको एकान्तकुनास्थित कार्यालयबाट लाइसेन्सका लागि आवेदन दिनुभएको हो भने कार्ड प्रिन्ट भएको नभएको जानकारी लिनका लागि  http://ekantakunalicense.bagamati.gov.np/license-status (कतबतगक मा क्लिक गरी निर्देशन अनुसार गर्न सकिन्छ ।

त्यसैगरी अनलाइन पोर्टल https://neporesult.com/  मा गएर चेक ड्राइभिङ लाइसेन्स प्रिन्ट स्टाटसमा आफ्नो लाइसेन्स नम्बर राखेर ‘चेक स्टाटस’ मा क्लिक गर्दा पनि आवश्यक जानकारी पाउन सकिन्छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update