Kathkhabar
ललितपुरको चसिडोलस्थित कपडा कारखानामा आगलागी हुँदा १६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट

 

           ललितपुर, मंसिर ६। ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभु चसिडोल बस्ने पुष्पलाल श्रेष्ठको कपडा कारखानामा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा लत्ताकपडा र २ वटा मेसिन समेत जलेर करिब १६ लाख रूपैयाँ  बराबरको धनमाल नष्ट भएको छ ।    

झापा, कमल गाउँपालिका-६ बस्ने गोपी कृष्ण घिमिरेको गोठ र घरमा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा गोठ र घर पूर्णरुपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update