Kath Khabar
माधव नेपालको नयाँ पार्टीको औचित्य, कम्युनिस्ट पात्र र प्रवृत्ती  

काठमाडौं, जेठ १९ । नेकपा एमालेको स्थायी कमिटीको बैठकले पूर्व प्रधानमन्त्रीहरु माधब कुमार नेपाल तथा झलनाथ खनाल लगाएत ११ जनालाई साधारण सदस्यता पनि नरहने गरी पार्टीबाट निस्कासन गरेको छ । साथै अन्य १५ जना केन्द्रिय नेता पनि कारबाहीको दायरामा तानिएका छन् । अब यो सिलसिला प्रदेश जिल्ला हुँदै वडा तहमा छिट्टै पुग्दैछ । निकट भविष्यमा नेपालमा नयाँ कम्युनिस्ट पार्टीको जन्म हुदैछ । तर, माधव कुमार नेपालको नेतृत्वमा गठन हुन लागिरहेको नयाँ पार्टीले औचित्य सावित गर्न सक्ने आधार छैन ।

नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपि शर्मा ओली कम्युनिस्ट आन्दोलन र देशका लागि हानीकारक देखिएपनि माधब नेपाल तथा उहाँको टिमको परिक्षण इतिहासमा भैसकेको छ । ब्यबहारीक तथा सैद्धान्तिक दुबै दृस्टिकोणले पटक पटक इतिहासको कठघरामा असफल भैसकेका माधव नेपालसगँ नयाँ पार्टी चलाउने तथा केपी ओली भन्दा फरक देखिन सक्ने आधार बाँकी देखिदैन ।

सैद्धान्तिक आधार बिना पद र प्रतिस्ठाका लागि खोलीएको शेर बहादुर देउवाको नेपाली कांग्रेस (प्रजातान्त्रीक) तथा बामदेवले पुर्नगठन गरेको नेकमा (माले) चल्न नसकेर पुन माउ पार्टीमा फर्केको इतिहास साक्षी छ ।

माधव नेपालसँग रहेका युवा नेतामा देखिएको अलमल तथा रोदनले उहाँहरुको पार्टिको आयु अल्पायु छ भन्न कुनै अप्ठ्यारो मान्नु पर्छ र ? नयाँ पुस्ताका नेता बाहिर राजनैतिक खपतका लागि केपी ओलीका विरुद्ध बोलेपनि उहाँहरुलाई माधव नेपालले पनि देशलाइ नयाँ दिशामा डोराउन सक्छन् भन्नेमा उनिहरुलाई विश्वास छैन ।  

विगतमा पार्टी भित्र माधव नेपालसँग मिलेर काम गरेको र अहिले नै ओलीलाई सर्मथन गर्नुभन्दा समुहमा बसी भविष्यमा संस्थापन पक्षसँग बार्गेनिङ गरी राजनैतिक यात्रा गर्ने उनीहरुको आसय देखिन्छ । तर यो कार्यनिति शेर बहादुर देउवालाई फापेपनि बामदेबलाई मंहगो परेको इतिहासबाट उहाँले सिक्न जरुरी छ ।

नेकपा (एमाले) का विद्रोही युवा नेताहरुले २०२८ सालदेखि हालसम्म उनीहरुको पार्टिभित्र चलेका व्यक्तिगत इगो तथा पदका लागि गरिएका लुछाचुँडी र कार्यकर्ता अलमल्याउन लगाइएका शैद्धान्तिक आवरणको चिरफार गर्नु आवश्यक छ । इतिहासको कठघरामा आज केपी ओली, झलनाथ, माधव तथा बामदेव गनगनाउँदा किन सी पी मैनाली जनताको नजरमा सम्मानको पात्र हुनुहुन्छ भन्ने समीक्षा गर्नु जरुरी छ ।

झापाली समुहका अर्का सारथी हुन माधव कुमार नेपाल । सिपी, झलनाथ र मदन भण्डारी महासचिव हुदाँ दोस्रो पोर्टफोलीयोमा पार्टीमा सदावहार प्रभाव राख्न सफल माधव नेपाल मदन भण्डारीको असमायीक मृत्युपछि १५ बर्ष एमालेको महासचिव बन्नुभयो ।

उहाँ पार्टी भित्र र बाहिर दुबैतिर समन्वकारी भुमिकामा देखा पर्नुभएको छ । अतार्थ उहाँ राजनैतिक एजेण्डामा केन्द्रित हुनुभन्दा राजनैतिक लाभमा लेनदेनमा रमाउनु हुन्छ  । मदन भण्डारीले संगठित गरेको एमालेलाई उहाँले सृजनात्मकभन्दा पनि यथास्थीतिमा संचालन गर्नुभएको थियो । उहाँ जहिले पनि राजनैतिक एजेण्डा विहीन नेताको भुमिकामा देखा पर्नुभएको थियो । अरुले तय गरेको राजनैतिक मुद्दालाई लागु गर्न उहाँ क्रियासिल हुने उहाँको बानी देखिन्छ । २०६२ गिरीजाप्रशाद कोइरालााले विगठित संसदको पुर्नस्थापनाको मागमा चट्टानी अडान राख्दा उहाँ प्रतिगमन आधा सच्चीयो भन्दै राजाले मनोनित गरेको मन्त्रीपरीषद्मा पार्टीलाई सहभागी गराउनु भयो । राजाले सडकमा पुराइदिएपछि उहाँ फेरी गिरीजाको शरणमा पुग्नु भयो।

गिरीजाले माओवादीसँग वार्ता गर्न खटाएपछि उहाँले तन मन दिएर भारत तथा नेपालका विभिन्न ठाउँमा पुग्नुभयो । २०६३ जनआन्दोलन ताका कांग्रेस विभाजित हुँदा उहाँ विगठित संसदका सबैभन्दा ठुलो पार्टीका नेता थिए, तर उहाँले प्रधानमन्त्रीमा गिरीजा प्रसाद कोइरालालाई प्रस्ताव गर्न पुग्नुभयो । उहाँले जोखिम मोलेर राजनिति गर्न सक्दैन्न भन्ने प्रमाणित गर्नुभयो । उहाँको निति बिनाको नेतृत्वका कारण एमालेले पहिलो संविधान सभामा तेस्रो स्थानमा खुम्चीयो । विधि विधानका कुरा गर्ने माधब नेपाल दुई ठाउँमा चुनाव हारेर पनि मनोनित सांसदका हैसियतमा देशको प्रधानमन्त्री बने जबकी उहाँको पार्टीले चुनावमा हार बेहोरेर नैतिकताको आधारमा राजीनामा दिएको धेरै भएको थिएन ।

आज उहाँले केपि ओलीलाई विधिको शासन गर्नुभएन भनेर ठुलो स्वरले आलोचना गर्दछन् जबकी उहाँलाई गिरिजाले प्रधामन्त्री प्रस्ताव गर्दा एमाले पार्टिको संसदीय दलका नेता तथा पार्टी अध्यक्ष झलनाथ खनाल हुनुहुन्थ्यो । केपि ओलीसँग नवौँ महाधिवेसनमा पराजित माधव नेपाल आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री भन्दा माथिको मान खोजी राख्नुभएको छ । प्रचण्डसँग मिलेर पार्टी सदस्यता समेत खोसीएका ओलीसँग उहाँले बार्गेनिङ गरिराख्नुभएको छ । आफ्नै संसदलीय दलको नेता तथा प्रधानमन्त्रीले विश्वास माग्दा अनुपस्थीत भएर उहाँले संसदिय आचार विपरीत काम गर्नुभएको छ ।

२०३५ सालदेखीको उहाँको क्षमता र ब्यक्तीत्वलाई केलाउदा उहाँ पार्टीका निति निर्माता भन्दा संगठनकर्ताका रुपमा सफल देखिनुहुन्छ । नेपाली राजनितिमा उहाँले पहिलो ब्यक्ति भन्दा अरुको मुख्य सहयोगीमा कुसलता हासिल गर्नुभएको छ् । केपी ओलीको नेतृत्वमा एमालेले सफलता हासील गरेपछि जिल्लीएका माधव नेपाल आफुभन्दा जुनीएरले देश र पार्टिको नेतृत्व गर्दा कुन्ठीत हुनुभएको छ । निति विनाको नेतृत्व राजनितिमा भरीया मात्र हो चाहे उहाँले पार्टी खोल्नुहोस या प्रच्चण्डसँग पार्टी एकता गर्नुहोस माधव नेपालको राजनैतिक उचाई सकियो ।

झापाली समुहका माथिका तीन नेतामा सिपी नै सम्मानित देखिनु राजनितिमा आचार र विचारको महत्व भएर हो । जिवनभर खुरापात र षडयन्त्र गरेर सत्ता र पद हासिल गरेपनि त्यस्ता राजनितिज्ञको बहिरगमन बामदेव र माधव नेपालजस्तै अममानजनक हुन्छ भनेर नयाँ पुस्ताका राजनितिज्ञले मनन गर्नु आवस्यक छ ।

सिपि र बामदेब कस्तो हुनुहुन्छ त ?

२००८ भाद्र ११ गते ताप्लेजुङमा जन्मीनुभएको सिपी मैनाली विद्यार्थी कालमा नै चर्चीत झापाली समुहमा लाग्नुभएको थियो । उहाँका दाजु राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी लगाएतका साथीहरुसँगै भारतका नक्सलाइडका नेता चारु मजुमदार को प्रभावमा २०२८ सालमा केही जमीन्दारको हत्या गरी जनयुद्दको अभ्यास गर्नुभएको थियो।

चिनको जनबादी ब्यवस्थाका बारेमा पढेका र सुनेका भारतमा पनि सक्तीशाली माओवादी आन्दोलन चर्किएको बेला छिमेकी देशको राजनैतिक गतिविधिबाट प्रभावित भएर झापाली समुहमा युवाले सशत्र आन्दोलनको नक्कल गर्नुभएको थियो । देशको आत्मगत परीस्थीति भन्दापनि लहडले छेडिएको आन्दोलनलाई पञ्चायती निरङ्कुस शासकले व्यापक दमन गर्याे । त्यही आन्दोलनलाई आधार बनाएर पञ्चायत विरोधी शक्तिलाई राजाले दवाउने मौका पाउनुभयो ।

झापाली आन्दोलनका कयौं सहिद बने त कयौ जेलमा कोचिए । उहाँहरुको आन्दोलन तिवरवितर भयो । २०३२मा उहाँहरुले कोर्डिनेशन कमिटिको गठन गर्नुभयो र २०३५ सालमा सिपी मैनालीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टि (माले) जन्मियो । उहाँहरुले राजनैतिक कोर्ष नै बदली सशत्र सघर्षको सट्टा जनआन्दोलनको कार्यदिशा समात्न पुग्नुभयो ।

सशत्र सघर्षको कार्यदिशा समातेको पार्टिले जनआन्दोलनको कार्यदिशा बनाउँदा पार्टिमा सैद्धान्तिक मतान्तर देखियो । सिपि ले नेपाल कम्युनिस्ट पार्टिका संस्थापक पुस्पलालले जस्तै कांगे्रससँग मिलेर पञ्चायती ब्यवस्था विरुद्ध संयुक्त मोर्चा बनाउनु पर्दछ भन्ने मत राख्नुभयो तर कांग्रेसलाई बर्गसत्रु घोषणा गरेका कम्युनिस्टलाई त्यो लाइन मन पचेन ।

तत्कालीन मालेको केन्द्रिय समितिमा उहाँको विचार स्वीकृत भएन त्यसैले उहाँले नैतिकताका आधारमा राजीनामा दिने निर्णय गर्नुभयो। सीपी अहिले पनि आफुमाथि अन्याय भएको र उहाँको राजनिति सक्न माधव नेपाल र मदन भण्डारी लगाएतकाले भारतको इसारामा काम गरेको आरोप लगाई राख्नुभएको छ । २०३५ मा अस्वीकृत उनको राजनैतिक लाइन २०४६ सालमा बाम गठबन्बधन बनाई कांग्रससँग मिलेर जनआन्दोलनमा सरीक भई मालेले अनौपचारीक रुपमा स्वीकार गर्याे । तर राजनितिमा जसको निति उसकै नेतृत्व विपरीत माले हुँदै एमाले बन्दासम्म राख्नुभएको छलाई कर्नर पारीयो । २०५१ मा मनमोहनका पालामा मन्त्री भएका सीपी बामदेब गौतमले एमाले फुटाइ माले बनाउदा माले बनेका उनी गौतम एमालेमा हराउँदा उहाँले भने मालेको नेतृत्व गरिराख्नुभएको छ ।

सत्ताका लागि चाकडी गर्न सक्ने एक राजनैतिक बिम्ब बामदेब

प्यूठानमा जन्मी बर्दियालाई राजनैतिक कर्मथलो बनाउनुभको बामदेब गौतम प्रधानमन्त्रीका सदाबहार आंकाक्षी हुनुहुन्छ । सिपि जस्तै मालेबाट राजनैतिक यात्रा सुरु गर्नुभएका बामदेब सिपिका विपरीत सक्ती र सत्ताकालागि जसको पनि चाकडी गर्न सक्ने एक राजनैतिक बिम्बका रुपमा परिचिति हुनुहुन्छ।

२०५१ सालमा तत्कालीन एमालेको अल्मततको सरकार बन्दा महासचिव माधव कुमार नेपालले सरकारमा ध्यान दिनुपर्दा पार्टीमा उहाँलाई उपमहासचिव बनाइ पार्टी कमाण्डको जिम्मा दिइएको थियो । त्यही उपमहासचिव पदबाट नेपाली राजनितिमा परिचिति व्यक्तीत्व बनाउनुभएका बामदेवमा राजनैतिक महत्वकांक्षाको विजारोपण भएको देखिन्छ । नौ महिनामै सत्ताबाट बाहिरीएपछि माधव नेपालले पार्टि कमाण्ड आफ्नो हातमा फिर्ता लिइसकेपछि बामदेब र माधब नेपालको विचमा असैदान्तिक मतभेद देखा पर्याे  ।

माधव नेपालका हरेक क्रियाकलापका विरोधी भएका बामदेबले पार्टि कब्जा गर्न महाकाली सन्धीलाई हतियार बनाउनुभयो । महाधिवेसनमा माधव नेपालका विरुद्ध अलग समुह बनाइ भिड्नुभएका बामदेव पराजित भएपछि नेकपा (माले)को पुर्नगठन गर्नुभएको थियो ।

एमाले भन्दा फरक राजनैतिक लाइन नभएको मालेले एउटा राष्ट्रघाति सन्धीका कारण मात्र सफलता हासील गर्ने कुरै थिएन । आगामी सरकार मालेको नारा दिएर चुनावमा होमिएको गौतम नेतृत्वको मालेले एक सीट पनि जित्न सकेन ।

अलग पार्टिको पहिचान कायम गर्न तथा सो पार्टी सञ्चालनबाट सत्ता र सक्ती आर्जन हुन नसक्ने देखि गौतम आफैले भ्रष्टाचारी तथा राष्ट्रघाति घोषणा गरेको पार्टीमा फिर्ता जानुभएको थियो । गृहमन्त्री हुँदा आतंकारी विधयक लिएर बदनाम भएका गौतम सांसद उठ्दा राजाले स्वीकृत गरेको व्यक्ति मात्र उठ्न पाउनुपर्छ भनेर अभिव्यक्ति दिनुभएको थियो । उहाँको त्यस प्रकारको अभिव्यक्ति आउनुमा तत्कालिन राजनितिमा हावी हुँदै जानुभएका राजालाई खुसी पार्नु थियो । एमालेमा फर्केपछि आफैले भ्रष्टचारी घोेषित गरेका माधब नेपालको सहयोगी बन्नुभयो ।

संविधान सभाको चुनाबमा अनेपेक्षित परिणाम आएपछि महासचिवबाट माधव नेपाल हटेपछि भलनाथ खनाल पार्टी सत्तामा आएपछि झलनाथको सहयोगी बनी चुनाब हारेर पनि उहाँ मन्त्री हुनुभएको थियो । झलनाथ पार्टी नेतृत्वबाट हट्ने देखेपछि उहाँ केपि ओलीको सारथी बन्नुभयो ।

तत्कालिन पार्टि अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा हराउन र पार्टीको अध्यक्ष माधब नेपाललाई बन्न नदिन केपि ओलीका कार्यकर्ता बन्नुभएको बामदेव आज केपिसँग रुस्ट हुनुहुन्छ । राजा, माधव, झलनाथ देखि माओवादी सम्मको सम्बन्धबाट लाभको पद हासिल गर्नुभएको बामदेव गौतम केपि बाट अपेक्षित लाभ उठाउन नसक्दा रन्थनीनुभएको छ । सिद्धान्त, विचार र मूल्य मान्यताको राजनितिबाट च्युत बामदेब ओलीको प्रहारबाट संभवत राजनैतिक मैदानबाट बाहिरीदै हुनुहुन्छ । एमाले देखि माओवादीसँगको एकीकृत पार्टीका किङमेकर मानिएका बामदेवको राजनैतिक उपयोगिता र उपायदेता दुबै सकिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update