Kath khabar
काठमाडौं ६ मा सर्वेन्द्रलाई हराउँदै शिशिर खनाल विजयी

 

             काठमाडौं, मंसिर ७ । काठमाडौं क्षेत्र नम्बर-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ ।

उहाँले १४२४ मत ल्याएर एमालेका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पराजित गर्दै विजयी हुनु भएको हो । सर्वेन्द्र खनालले ८९११ मत ल्याउनुभएको छ । यस्तै तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले ८०८५ मत ल्याउनुभएको छ ।

काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ वटा क्षेत्रमा जित हासिल गरिसकेको छ । यसअघि काठमाडौं-२ मा सोबिता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ विजयी भइसकेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update