Kath khabar
चितवन २ मा रवि लामिछानेको जित सुनिश्चित

 

         चितवन, मंसिर ८ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ ।

लामिछानेले अहिलेसम्म ४५ हजार ९३४ मत प्राप्त गर्नुभएको छ। उहाँको निकटतम् प्रतिद्धन्दि नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४०६ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५४ मत  प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म ७९ हजार २१५ मतगणना सकिएको छ । लामिछाने श्रेष्ठभन्दा ३१ हजार ५२८ मतान्तरले अघि हुनुहुन्छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update