Kath khabar
विश्वकपमा गोल गरेपछि ब्रेल एम्बोलोले किन गरेनन् ‘सेलिब्रेसन’ ?


              काठमाडौं, मंसिर ९।  कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा स्विटजरल्याण्डले विजयी सुरुवात गरेको छ । ग्रुप ‘जी’ अन्तर्गत भएको बिहीबारको पहिलो खेलमा क्यामरुनलाई १–० गोल अन्तरले हराउँदै स्विटजरल्याण्डले विजयी सुरुवात गरेको हो ।

अल जनुब स्टेडियममा भएको खेलमा स्विटजरल्याण्डको जितमा क्यामरुनी मूलका ब्रेल एम्बोलोले गोल गरे । उनले खेलको ४८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । ब्रेलको जन्म १४ फेब्रुअरी १९९७ मा क्यामरुनमा भएको थियो । उनका बुबा अहिले पनि क्यामरुनमै बस्छन् ।

क्यामरुनविरुद्ध गोल गर्दा ब्रेल भावुक देखिए । उनले शान्त रहँदै सेलिब्रेसन पनि गरेनन् । यो जितसँगै स्विटजरल्याण्डले ३ अंक जोडेको छ । क्यामरुनले भने प्रतियोगितामा हारबाट सुरुवात गरेको छ । समूह ‘जी’ मा क्यामरुन र स्विटजरल्याण्ड सहित ब्राजिल र सर्बिया पनि छन् । यही समूहमा आज राति ब्राजिल र सर्बिया खेल्दैछन् । यी २ टोलीबीचको खेल राति १२ः४५ देखि सुरु हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update