Kath khabar
विश्वकपमा किन मास्क लगाएर खेलिरहेका छन् दक्षिण कोरियाका कप्तान सन ?


                 काठमाडौं, मंसिर ९।  कतारमा जारी फिफा विश्वकपमा दक्षिण कोरिया टिमका कप्तान ह्युङ मिन सन कालो मास्क लगाएर खेलिरहेका छन् । टोटेनह्यामका यी स्टारले फेसनका लागि नभएर अनुहारमा लाग्नसक्ने चोटबाट जोगिन मास्कको प्रयोग गरेका हुन् ।

मास्क अनुहारको हड्डीलाई प्रभावबाट जोगाउन डिजाइन गरिएको छ ।  यसले थप चोटपटकको जोखिमलाई कम गर्छ । नोभेम्बरको सुरुमा मार्सेली विरुद्धको च्याम्पियन्स लिगको भिडन्तमा टोटेनहमका लागि खेल्दा सनलाई चोट लागेको थियो ।

चान्सेल एम्बेम्बासँग टक्कर हुँदा उनको आँखामा चोट लागेको थियो । आँखाको चोटलाई पूर्णरूपमा निको बनाउन उनले शल्यक्रिया गर्नुपर्‍यो । यसले गर्दा सन दक्षिण कोरियाको विश्वकप टोलीमा नपर्ने सम्भावना थियो । त्यसका बाबजुत पनि दक्षिण एसियाकै यी स्टारलाई विश्वकपमा देख्न पाइएको छ ।

फुटबलमा अनुहारको मास्क सामान्य नदेखिए पनि धेरै हाई प्रोफाइल खेलाडीहरूले खेल्दा त्यसलाई लगाउने गरेका छन् । उदाहरणका लागि एन्टोनियो रुडिगर । उनले युरो २०२० मा जर्मनीका लागि खेल्दा मास्क लगाएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update