Kath khabar
काठमाडौं विश्वविद्यालयको सहकार्यमा पहिलो पटक सहकारी डिप्लोमा कोर्ष सञ्चालन हुदै


                         काठमाडौं, मंसिर ९।  राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालय बिच डिप्लोमा इन को-अपरेटिभ म्यानेजमेन्ट कोर्ष संचालन गर्ने विषयमा सम्झौता भएको छ । २०७९ पुस १ बाट शुरु हुन लागेको सहकारी व्यवस्थापन सम्बन्धी डिप्लोमा कोर्ष काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा सञ्चालन गरिनेछ । शुक्रबार महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्रा.डा. देवी विडारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । 

सो सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयले विश्वविद्यालयको सिकाई अध्यापनशास्त्रमा आधारित कार्यक्रम पद्धतिलाई अनुशरण गरेर कोर्ष संचालन गर्ने छ । महासंघका महाप्रबन्धक सुब्बाले सहकारी संघ-संस्थाहरुमा दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गरी अब्बल रुपमा संचालन गर्नका लागि यो कोर्ष कोशेढुङ्गा सावित हुने दावी गर्नुभयो ।

नेपालमा पहिलो पटक विश्वविद्यालयको सहकार्यमा सहकारीको डिप्लोमा कोर्ष संचालन हुन लागेको वताउदै महाप्रबन्धक सुब्बाले यस अघि नेपालबाट सहकारीको डिप्लोमा गर्नका लागि भारत जानुपर्ने वाध्यता अव अन्त्य भएको वताउनुभयो । ३ महिने कोर्ष पुरा गरेपछि विश्वविद्यालयले प्रमाणित गर्ने सट्टिफिकेट हुने भएकाले यसमा आकर्षण बढेको छ ।

पहिलो पल्ट सिमित सिटमा कोर्ष पाइलटिङका रुपमा संचालन गर्न लागिएको सो कोर्षको पहिलो ब्याजका लागि आवेदन दिनेको संख्या उत्साहप्रद भएको भन्दै महासंघका महाप्रबन्धक सुब्बाले खुसी व्यक्त गर्नुभएको छ । 
सो कार्यक्रकममा वोल्दै डिन वेडारीले महासंघसँग मिलेर सहकारी व्यवस्थापन सम्वन्धी दक्ष जनशक्ति निर्माण गर्ने कोर्ष संचालन गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्नुभयो ।

विश्वविद्यालयले यस्तो सम्झौता गरेर कोर्ष संचालन गरेको यो पहिलो पटक भएको बताउनुभयो । केयुका उद्यमशिलता तथा मार्केटिङ विभागका प्रमुख डा. विनोद कृष्ण श्रेष्ठले प्राज्ञिक विषयवस्तुका साथै समुह कार्य, र इन्टरसिशप लगायतका प्रयोगात्मक विधिबाट सो कोर्ष अध्यापन गराइने वताउनुभयो । पहिलो ब्याजमा ३० जनाको सिट रहेको महासंघले जनाएको छ । महासंघले यस अघि पनि काठमाडौं विश्वविद्यालयसँग मिलेर कोर्ष डिजाइन गर्नेदेखि गरीवि निवारणमा सहकारीको योगदान सम्वन्धी अध्ययन अनुसन्धान  कार्यसमेत सम्पन्न गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update