Kath khabar
३२ लाख मत गणना गर्दा कमल थापाको पार्टीलाई समानुपातिकमा ५ हजारभन्दा कम मत


              काठमाडौं, मंसिर ९।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले समानुपातिकमा थोरै मत ल्याएको छ।

अहिलेसम्म समानुपातिक तर्फ ३२ लाखभन्दा बढी मत गणना भएको छ। ३२ लाख बढी मत गणना हुँदा कमल थापा नेतृत्वको राप्रपा नेपालले समानुपातिकमा ५ हजारभन्दा कम मत ल्याएको छ।

राप्रपा नेपालले अहिलेसम्म ४ हजार ७ सय ७१ मत मात्रै ल्याएको छ। मकवानपुर-१ मा कमल थापा प्रत्यक्षतर्फ उठे पनि पराजित भएका थिए। राप्रपा नेपालको चुनाव चिन्ह तीर हो। तर थापा एमालेको सहयोगमा सूर्य चिन्हमा उठेका थिए।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update