Kath khabar
थ्रेसहोल्ड खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
थ्रेसहोल्ड खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट अधिवक्ता पूर्णचन्द्र पौडेल र अधिवक्ता विकास भट्टराईले रिट दायर गरेका हुन् । 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्चमा रिट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्चमा रिट चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि खारेज भएको नेपाली नागरिकता प्रयोग गरेर दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको छ ।
७९ लाख ४१ हजार ५३६ मतदाताले प्रत्यक्षमा भोट नै हालेनन् : प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया
७९ लाख ४१ हजार ५३६ मतदाताले प्रत्यक्षमा भोट नै हालेनन् : प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया आमनिर्वाचन २०७९ अन्तर्गत प्रतिनिधिसभामा ७९ लाख ४१ हजार ५३६ मतदाता सहभागी नभएको पाइएको छ । निर्वाचन आयोगको अन्तिम मतदाता नामावली अनुसार कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए ।
शहरी विकास मन्त्री मेटमणि चौधरीले बुझाए २५ हजार जरिवाना
शहरी विकास मन्त्री मेटमणि चौधरीले बुझाए २५ हजार जरिवाना चौधरी जरिवाना बुझाउने बहालवाला पहिलो मन्त्री हुन् । आयोगले स्वास्थमन्त्री भवानी खापुङलाई जरिवाना गरे पनि बुझाएका छैनन् ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठकमा को-को पुगे ?
सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठकमा को-को पुगे ? सत्ता गठबन्धनमा आवद्ध दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पछि सत्ता गठबन्धनमा आवद्ध दलका नेतृत्वहरूको यो पहिलो बैठक हो ।
सभापति शेरबहादुर देउवाको कडा निर्देशन : निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउनु
सभापति शेरबहादुर देउवाको कडा निर्देशन : निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउनु सभापति शेरबहादुर देउवाको निर्देशनमा अनुशासन समितिले अन्तर्घातीहरूको नाम माग गरेको छ । सभापति देउवाले कांग्रेस विरुद्ध हर्कत गर्ने र कांग्रेसलाई कमजोर बनाउने नेता कार्यकर्ता विरुद्ध कठोर नीति लिने सन्देश दिएका छन् ।
डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिईन
डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिईन उनले उम्मदेवारी दर्ता गरेपछि काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेको थियो। निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।
गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न ३ बजे बस्दै
गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न ३ बजे बस्दै प्रधानमन्त्री निवास बालुवाटरमा आज दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षा लगायत विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले जानकारी दिए। गठबन्धनका शीर्ष नेता सहितको बैठकका नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ।
बाजुरापछि दोलखा (ख) मा पनि मतगणना स्थगित
बाजुरापछि दोलखा (ख) मा पनि मतगणना स्थगित बाजुराको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना रोकिएको हो । प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी खसेको पाइएको थियो । यता, दोलखा (ख) मा खसेको मतमध्ये मतपेटिकामा १४७ मत नभेटिएपछि मतगणना स्थगित भएको छ ।
समानुपातिक मतमा एमालेको अग्रता कायमै, नेकपा (एस)ले थ्रेस होल्ड कटाउन सक्ला ?
समानुपातिक मतमा एमालेको अग्रता कायमै, नेकपा (एस)ले थ्रेस होल्ड कटाउन सक्ला ? हालसम्मको १ करोड २ लाख ८२ हजार ७ सय १९ सदर मतमध्ये एमालेले प्रतिनिधिसभा तर्फ २७ लाख ३५ हजार ८ सय १७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ७ हजार ८ सय ३१, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५७ हजार ४ सय ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीले...
इलाम-१ बाट झलनाथ खनाललाई २ हजार ६ सय ४ मतान्तरले पराजित गर्दै महेश बस्नेत विजयी
इलाम-१ बाट झलनाथ खनाललाई २ हजार ६ सय ४ मतान्तरले पराजित गर्दै महेश बस्नेत विजयी निर्वाचन अधिकृतको कार्यालयले भने विवाद भएको एउटा मतदान केन्द्रको पुन: मतगणना गरेको छ । पुन: मतदान भने नहुने भएको छ । समानुपातिकको बाकसमा पनि केहि प्रत्यक्षतर्फका मतपत्र भेटिएकाले समानुपातिकको पनि गणना सकिएपछि मात्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गरिने मूख्य निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिनुभयो । 
३२ लाख मत गणना गर्दा कमल थापाको पार्टीलाई समानुपातिकमा ५ हजारभन्दा कम मत
३२ लाख मत गणना गर्दा कमल थापाको पार्टीलाई समानुपातिकमा ५ हजारभन्दा कम मत राप्रपा नेपालले अहिलेसम्म ४ हजार ७ सय ७१ मत मात्रै ल्याएको छ। मकवानपुर-१ मा कमल थापा प्रत्यक्षतर्फ उठे पनि पराजित भएका थिए।
Weather Update