Kath khabar
१० नेपाली खेलाडी ढाका म्याराथनमा दौडिदै

 

                    काठमाडौ, माघ ४ ।  बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडी सहित ११ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ।

जनवरी २० तारिखमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोष विक्रम विष्ट र करण बहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन्।

हाफ म्याराथनको पुरुषमा गोपीचन्द्र पार्की र सन्तोष नाथ योगी तथा महिलामा सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र रेखा विष्टले खेल्नेछन्। प्रशिक्षक तथा अफिसियलमा विमला राना मगर छिन्।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रम बीच बिदाइ गरे।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update