Kath khabar
७९ लाख ४१ हजार ५३६ मतदाताले प्रत्यक्षमा भोट नै हालेनन् : प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया


                               काठमाडौं, मंसिर २८ ।  आमनिर्वाचन २०७९ अन्तर्गत प्रतिनिधिसभामा ७९ लाख ४१ हजार ५३६ मतदाता सहभागी नभएको पाइएको छ । निर्वाचन आयोगको अन्तिम मतदाता नामावली अनुसार कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए ।

जसमध्ये यसपटक प्रतिनिधिसभा निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ मतदाताले मतदान गरेका छन् । अर्थात् कूल मतदाता संख्याको ६१.४१ प्रतिशत मात्र निर्वाचनमा सहभागी भएका हुन् । यसपटक १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५.०६ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update