Kath khabar
समानुपातिक मतमा एमालेको अग्रता कायमै, नेकपा (एस)ले थ्रेस होल्ड कटाउन सक्ला ?


                       काठमाडौं, मंसिर १५ ।  यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिक तर्फको मत गणना जारी छ । आज अपराह्न २ः३० बजेसम्मको तथ्याङ्क अनुसार प्रतिनिधिसभा र ६ वटा प्रदेश सभाको समानुपातिक तर्फ नेकपा (एमाले)को अग्रता कायम छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिकमा नेकपा (एमाले) पार्टी अगाडि छ ।

हालसम्मको १ करोड २ लाख ८२ हजार ७ सय १९ सदर मतमध्ये एमालेले प्रतिनिधिसभा तर्फ २७ लाख ३५ हजार ८ सय १७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ७ हजार ८ सय ३१, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५७ हजार ४ सय ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १० हजार ७ सय ६३ मत प्राप्त गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८२ हजार ८ सय ७५, जनता समाजवादी पार्टी नेपालले ४ लाख १९ हजार ४ सय ५७, जनमत पार्टीले ३ लाख ९३ हजार एक सय ७४, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९३ हजार ६ सय २९, नागरिक उन्मुक्ति पार्टीले २ लाख ६९ हजार १ सय ७० मत प्राप्त गरेको छ ।

प्रदेशसभा अन्तर्गत प्रदेश नं १ मा एमालेले ६ लाख ३२ हजार ७ सय ४, कांग्रेसले ५ लाख ३२ हजार ८ सय ४५, राप्रपाले १ लाख ९१ हजार ७ सय ७१ र माओवादी केन्द्रले १ लाख ७७ हजार ७ सय २१ मत प्राप्त गरेको छ ।

मधेसमा कांग्रेसले ३ लाख ९९ हजार ५ सय ८९, एमाले ३ लाख ५१ हजार २ सय ८४, जनमत पार्टीले ३ लाख २४ हजार ३ सय ३३, जसपा नेपाल १ लाख ९६ हजार ३ सय ४०, माओवादी केन्द्रले १ लाख ८० हजार १ सय ४, एकीकृत समाजवादीले १ लाख १३ हजार ५ सय ९० र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख १२ हजार ३ सय ४४ मत प्राप्त गरेको छ ।

बागमतीमा एमालेले ५ लाख ५४ हजार ६ सय ६२, कांग्रेसले ४ लाख ६३ हजार ५ सय २८, माओवादी केन्द्रले २ लाख ६९ हजार २ सय ५४ र राप्रपाले २ लाख ६६ हजार ७ सय ४२ तथा गण्डकीमा एमालेले ३ लाख ४२ हजार ८ सय ७२, कांग्रेसले ३ लाख १९ हजार ४ सय ९ र माओवादी केन्द्रले १ लाख १५ हजार ४ सय ८ मत प्राप्त गरेको छ ।

लुम्बिनीमा एमालेले ५ लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले १ लाख ९८ हजार ४ सय ५०, राप्रपाले १ लाख २७ हजार ४ सय ५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५ सय २१ मत प्राप्त गरेको छ ।

कर्णालीमा एमालेले १ लाख ८३ हजार ९ सय ५०, कांग्रेसले १ लाख ७० हजार ७ सय ५६, माओवादी केन्द्रले १ लाख ३७ हजार ६ सय २९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले २ लाख ४८ हजार ८ सय ४०, कांग्रेसले २ लाख ४३ हजार ३९ र माओवादी केन्द्रले १ लाख १८ हजार ९ सय ३ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update