Kath khabar
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्चमा रिट


                             काठमाडौं, मंसिर २८ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

लामिछानेको नागरिकता विवादको विषयलाई लिएर युवराज पौडेल (सफल) ले निर्वाचन आयोग सहित ५ जनालाई विपक्षी बनाउँदै आज बुधवार सर्वोच्चमा रिट दायर गर्नुभएको हो । रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, सङ्घीय संसद् र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ । मुद्दाको किनारा नलाग्दासम्म उहाँलाई प्रतिनिधि सभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको छ ।

रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पार्टी सभापतिबाट समेत हटाउन माग गरिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताउनुभयो । रिटमाथि सुनुवाइका लागि पुस ६ गते संवैधानिक इजलासमा पेसी तोकिएको प्रवक्ता पौडेलले बताउनुभयो । 

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि खारेज भएको नेपाली नागरिकता प्रयोग गरेर दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दाबी गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update