Kath khabar
शहरी विकास मन्त्री मेटमणि चौधरीले बुझाए २५ हजार जरिवाना


                काठमाडौँ, मंसिर १९।  शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुर बापतको जरिवाना रकम बुझाएका छन् ।

दाङ-१ स्थित निर्वाचन क्षेत्रमा आचार संहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टिकरण सहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । चौधरी जरिवाना बुझाउने बहालवाला पहिलो मन्त्री हुन् । आयोगले स्वास्थमन्त्री भवानी खापुङलाई जरिवाना गरे पनि बुझाएका छैनन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update