Kath khabar
डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिईन


                        काठमाडौँ, मंसिर १९।  प्रतिनिधि सभामा निर्वाचित भएपछि डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छिन् । उनले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले डा. कार्कीले आइतबार काउन्सिलमा आएर राजिनामा बुझाएको पुष्टि गरे । आइतबार उनले राजिनामा दिएको जनाईएको छ। राजिनामा पत्र स्वास्थ्य मन्त्रालयमा फरवार्ड गरिएको छ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् । उनले उम्मदेवारी दर्ता गरेपछि काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेको थियो।

निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update