Kath khabar
बाजुरापछि दोलखा (ख) मा पनि मतगणना स्थगित


                           दोलखा, मंसिर १६ ।  बाजुरा पछि दोलखामा पनि मतगणना रोकिएको छ । बाजुरामा मुचुल्का भन्दा बढी मत खसेको देखिएपछि प्रतिनिधिसभाको मतगणना रोकिएको थियो ।

बाजुराको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना रोकिएको हो । प्रतिनिधिसभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत बढी खसेको पाइएको थियो ।

यता, दोलखा (ख) मा खसेको मतमध्ये मतपेटिकामा १४७ मत नभेटिएपछि मतगणना स्थगित भएको छ । अहिले सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा बसिरहेको छ । उक्त छलफलपछि सर्वदलीय बैठक बोलाउने तयारी भएको छ । यो प्रदेशमा कांग्रेसबाट बर्मा लामा र एमालेका भरत केसी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update