Kath khabar
सभापति शेरबहादुर देउवाको कडा निर्देशन : निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउनु

 

                   काठमाडौँ, मंसिर १९।  नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन मातहतलाई निर्देशन दिएको छ । आइतबार कांग्रेसले विज्ञप्ति जारी गरेर अन्तर्घातीहरूको नाम पठाउन निर्देशन दिएको हो ।

सभापति शेरबहादुर देउवाको निर्देशनमा अनुशासन समितिले अन्तर्घातीहरूको नाम माग गरेको छ । सभापति देउवाले कांग्रेस विरुद्ध हर्कत गर्ने र कांग्रेसलाई कमजोर बनाउने नेता कार्यकर्ता विरुद्ध कठोर नीति लिने सन्देश दिएका छन् ।

पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन कांग्रेसले आदेश दिएको छ ।

जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेको पुस १५ गतेभित्र नाम पठाउन निर्देशन दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका उम्मेदवार र गठवन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णय सहित २०७९ पौष १५ गते भित्र पठाउनु पर्नेछ ।’
congress1670235807.jpg

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update