Kath khabar
क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा


                     काठमाडौं, मंसिर १५ ।  क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक र ट्रिपर कारबाहीमा परेका छन्।

बुधबार राति ९ देखि ११ बजेसम्म भक्तपुरको सल्लाघारी-जगाती सडक खण्डमा गरिएको रात्रिकालीन चेकिङमा हद निर्धारण गरिएको भन्दा बढी सामान राखिएका ती सवारी साधनलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ।

३२ वटा सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ बजोजिम १ हजार रुपैयाँ जरिवाना गरिएको र ४३ वटा सवारी साधनमा बढी भएको सामान भने कारवाही स्वरुप हटाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update