Kath khabar
गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय, बम नभएको पुष्टि



              काठमाडौं, मंसिर १८ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको घरमा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

सेनाले शंकास्पद वस्तु निष्क्रिय पारेपछि उक्त वस्तु बम नभएको पुष्टि सेनाले जनाएको छ। आज बिहान एमालेका नेता बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरको पर्खाल छेउमा शंकास्पद वस्तु फेला परेको थियो। प्रहरीले यो क्षेत्रमा सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न रोक लगाएको थियो । सेनाले डिस्पोज गरेसँगै त्यस क्षेत्रमा आवागमन खुलाइएको छ ।

बाँस्कोटा गत मंसिर ४ गते भएको प्रतिनिधि  सभा सदस्य चुनावमा काभ्रे-२ बाट निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update