Kath khabar
प्रधानन्यायाधीश विरुद्धको महाभियोग निष्क्रिय, बारको आकस्मिक बैठक, प्रधानन्यायाधीश ३ बजे सर्वोच्च जादै


                        काठमाडौं, मंसिर २१ ।  प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध अघिल्लो प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको छ । संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र सम्बन्धित निकाय र व्यक्तिलाई दिएको छ ।

जबराको मागअनुसार संसदले गत १ फागुनमा दर्ता भएको जबरा विरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र जबरा सहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र दिएको हो ।

aadesh1670405018.jpg

जबरा सहित सम्बन्धित् निकायलाई बुधबार संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पत्र पठाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बार एसोसियसनको आकस्मिक बैठक बसेको छ। बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको जानकारी दिए ।

आफूलाई संघीय संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जबराले जानकारी गराएका छन् । सोही कारण सर्वोच्चमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि पनि जबराले आफू सर्वोच्च जान लागेको भनेपछि बारले विरोध जनाएको थियो । उनले संसद् सचिवालयबाट महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएकाले अब के गर्ने भनेर बारको बैठक बसेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा आज दिउँसो ३ बजे सर्वोच्च अदालत जाने भएका छन् । प्रधानन्यायाधीशको पारिवारिक स्रोतले उनी ३ बजे अदालत जाने तयारी गरिरहेको जानकारी दिएका हुन् ।

‘संसद सचिवालयले महाभियोग निष्क्रिय भएको पत्र दिएसँगै अब सबै कुरा सकियो’ प्रधानन्यायाधीशको परिवारका एक सदस्यले भने ‘सफाइ पाइसकेपछि पनि यत्तिकै बस्ने कुरा हुँदैन । आजै सर्वोच्च जाने तयारी छ ।’

सर्वोच्च अदालतमा वकिलहरुले अवरोध गर्ने तयारी गरिरहेको विषयमा ‘सम्बन्धित निकायले पत्र दिइसकेपछि पनि यसरी अवरुद्ध गर्नु गलत हो । सरकारले सुरक्षा दिएर भित्र जाने वातावरण बनाइदिनुपर्छ ।’

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update