Kath khabar
अर्जेन्टिनालाई कारबाही स्वरूप १६ हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने


              काठमाडौं, मंसिर २६ ।  विश्वकप खेलिरहेको अर्जेन्टिनालाई फिफाले कारबाही गरेको छ । क्वार्टरफाइनल अन्तर्गत नेदरल्यान्ड्स विरुद्ध अनुशासन उल्लंघन गरेको भन्दै फिफाले अर्जेन्टिनालाई जरीवाना गर्ने भएको छ। विश्व फुटबलको नियामक निकाय फिफाले खेलमा ‘अर्डर एन्ड सेक्युरिटी’उल्लेख गरेको छ ।

डच टिमले अन्तिम समयमा २ गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएपछि अर्जेन्टिनाको प्रशिक्षण टिम र बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए । अतिरिक्त समयको अन्त्यसम्म २-२ गोलको बराबरीपछि पेनाल्टी सुट आउटमा अर्जेन्टिना विजयी भएपछि पनि विवाद भएको थियो ।

कप्तान लियोनेल मेसी पनि त्यो खेलका दौरान र खेल सकिएपछि पहेँलो कार्ड पाउने १७ जना खेलाडी-अफिसियल मध्ये १ थिए । एकै खेलमा ५ पहेँलो कार्ड पाएको र अनुशासनहीन गतिविधिले जरीवाना हुने भएको हो । नेदरल्यान्ड्सलाई पनि जरिवाना हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । दुवै टिमलाई १६ हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update