Kath khabar
कानुनी रूपमै नेपालमा दर्ता प्रक्रिया शुरु गर्दै इनड्राइभ 

 

                   काठमाडौं, पुस ७ ।  पछिल्लो समय लोकप्रिय हुँदै गइरहेको राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभले नेपालमा दर्ता प्रक्रिया शुरू गरेको छ ।  इन्ड्राइभले विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन बमोजिम नेपालमा कानुनी संस्था दर्ता गराउने प्रक्रिया शुरू गरेको हो । 

इन्ड्राइभकी दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले गत नोभेम्बरमा आवश्यक विदेशी लगानीका लागि उद्योग विभागमा आवेदन दिएको बताइन् । 

यद्पी, संस्था दर्ता प्रकृयाले अपेक्षा गरेभन्दा बढी समय लिइरहेको उनको भनाइ छ । इन्ड्राइभले अहिले ड्राइभरबाट कमिसन लिने गरेको छैन् । 

इनड्राइभले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सिर्जना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको कम्पनीको दावी छ । 

नन्दाका अनुसार इनड्राइभले यात्रु र चालक दुवैका लागि सेवालाई सुरक्षित बनाउन प्रयास गरेको छ । इनड्राइभ एपमा स्थानीय पुलिससँग सीधै जोडिनसक्ने गरी आपातकालीन कल बटन समावेश गरिएको छ ।

इनड्राइभले २४ सै घण्टा सपोर्ट टोली राखेको छ । सरकारी निकायहरुले दर्ता प्रकृयालाई सहज र तिब्रता प्रदान गर्ने नन्दाको अपेक्षा छ ।  

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update