Kath khabar
बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शनमा आउने


           काठमाडौं, पुस १७ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको छ । चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ। टुल्की चलचित्रलाई हिमाली जिल्ला डोल्पामा खिचिएको हो ।

चलचित्रको निर्देशन देवजङ्ग थापाले र छायाँङ्कन सुसिल अधिकारि र नमराज घिमिरेले गरेका छन् ।  शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा रहेका छन् । सो चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ । चलचित्रमा सम्पादन तारा थापा किम्भेको, पाश्र्व संगीत सञ्जीव सुब्बाको, कोरियाग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई त्रिनेत्रम डिस्ट्रिब्युसन कम्पनीले वितरण गर्नेछ ।

चलचित्र  ‘टुल्की’ ले नेपाल ग्रामीण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो ।

भिडियों लिंक
https://www.youtube.com/watch?v=Efn4ijny6_0&t=5s


 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update