Kath khabar
सौरभको निर्देशनमा फिल्म ‘अगस्त्य’ बन्ने


             काठमाडौं, पुस १८ । सौरभ चौधरीको निर्देशनमा फिल्म ‘अगस्त्य’ निर्माण हुने भएको छ । डार्क हर्स इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्म प्रकाश मल्ल र अनिस तामाङले बनाउन लागेका हुन् ।

केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहने फिल्म सस्पेन्स थ्रिलर विषयमा निर्माण हुन लागेको हो । ‘अगस्त्य’ च्याप्टर १ र च्याप्टर २ गरेर दुई पार्टमा निर्माण हुन लागेको हो । फिल्मको दुबै पार्टको लेखन समेत निर्देशक सौरभ आफैले गरेका हुन् । फिल्मको दुबै पार्टको लेखन समेत सकिएको छ ।

नेपाल र भारतमा बराबर जस्तो सुटिङ हुने फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको निर्देशक सौरभले बताए । ‘करिब ३ वर्षदेखि म यो प्रोजेटमा काम गरिरहेको छु’ सौरभले भने । राजेश श्रेष्ठको छायांकन रहने फिल्मको कलाकार केही छनौटको क्रममा छन् । फिल्मको छायांकन वैशाखको अन्तिमबाट सुरु हुनेछ ।

सौरभले यस अगाडि ‘लभ डायरिज’ फिल्म निर्देशन गरेका थिए ।  


 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update