Kath khabar
पुरुष र महिलाको उमेर अनुसार रक्तचाप कति हुनुपर्छ ?

 

              काठमाडौं, पुस १८। के तपाईलाई बिहान उठेपछि चक्कर लाग्ने वा हल्का टाउको दुखेको महसुस हुन्छ वा कहिलेकाहीँ नाकबाट रगत बग्ने या निरन्तर टाउको दुख्ने भईरहेको छ ? यदि यो सबै तपाईंलाई भइरहेको छ भने रक्तचाप असामान्य छ भएको हुनसक्छ।

अहिले अधिकांश मानिसहरूलाई रक्तचापको समस्या छ। डब्ल्यूएचओका अनुसार विश्वभर करिब १ अर्ब २८ करोड मानिसलाई उच्च रक्तचाप छ । तर दुर्भाग्य तीमध्ये ४६ प्रतिशतलाई आफूलाई रक्तचापको रोग छ भन्ने पनि थाहा हुँदैन। अरु केही समस्याको उपचार गराउन जाँदा मात्र आफ्नो बीपी बढेको थाहा हुन्छ ।

अचम्मको कुरा के छ भने करिब ७० करोड मानिसलाई रक्तचाप छ भन्ने थाहा नभएकाले बीपीको उपचारसमेत गराउँदैनन् । रक्तचापका कारण मुटु, मस्तिष्क, मिर्गौला र अन्य रोग लाग्ने खतरा बढ्छ । यस्तो अवस्थामा हरेक व्यक्तिले आफ्नो सामान्य रक्तचाप कस्तो हुनुपर्छ भन्ने कुरा जान्न जरुरी छ ।

महिलाको बीपी कस्तो हुनुपर्छ ?
प्रतिष्ठित स्वास्थ्य विज्ञहरुका अनुसार महिलाहरूमा रक्तचाप कुनै रोगको मौन संकेत हो। जब महिलामा रक्तचाप हुन्छ, तब त्यसमा केही लक्षणहरू देखिँदैनन् । त्यसैले यसलाई साइलेन्ट सिग्नल भनिन्छ। यदि महिलामा बीपी बढ्यो भने  आँखा नजिकै तथा छालामा रातो दागहरू देखिने तथा चक्कर आउने लक्षणहरु देखिने हुन सक्छ।

स्वस्थ महिलाको रक्तचाप २१ देखि २५ वर्षको बीचमा ११५.५ देखि ७०.५ सम्म हुनुपर्छ भने ३१ देखि ३५ वर्षको उमेरमा कम हुन थाल्छ। यो उमेरमा महिलाको रक्तचाप ११०.५ र मुनिको ७२.५ को बीच हुनुपर्छ ।

महिला र पुरुषको उमेर अनुसार सहि बीपी
उमेर             पुरुष         महिला
१८–३९           ११९/७०       ११०/६८
४०-५९           १२४/७७       १२२/७४
६० वर्षभन्दा माथि  १३३/६९       १३९/६८

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update