Kath khabar
राइडरले कुनै कमिसन तिर्नु नपर्ने नयाँ राइड शेयरिङ प्लेटफर्म "सेफ राइड" बजारमा

 

                                      काठमाडौं, माघ ८ ।   नेपाली बजारमा नयाँ राइड शेयरिङ प्लेटफर्मको आगमन भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर "सेफ राइड" नामक प्लेटफर्म सार्वजनिक भएको हो । कम्पनीका अनुसार हाल पोखरा, बुटवल, भरतपुर र काठमाडौंमा बाइक र कारको राइड शेयरिङ सेवा लिन सकिन्छ ।

यस प्लेटफर्ममा आबद्ध हुन इच्छुक राइडरले बिना कुनै शुल्क रजिस्टर गर्न सक्छन् । त्यस्तै ३ महिनासम्म कुनै किसिमको कमिसन तिर्नु नपर्ने कम्पनीको भनाइ छ । यात्रुको सुरक्षामा केन्द्रित यो प्लेटफर्मबाट आपतकालीन अवस्थामा इमर्जेन्सी एसओएस एक्टिभेट गर्न सकिन्छ ।

यात्रुको सुरक्षामा केन्द्रित भएकाले नाम नै "सेफ राइड" नाम रहेको कम्पनीले जनाएको छ । "प्रयोगकर्ताले एप खोल्ने बित्तिकै आफ्नो लोकेसनको राइडर भेटाउन सक्नेछन्," सेफ राइडका सह-संस्थापक प्रकाश मालाकार भन्छन्, "राइड शेयर गरिसकेपछि एपबाटै नजिकका मान्छेलाई लोकेसन शेयर गर्न सकिन्छ । उनीहरूले यात्रा गरेको मान्छे र राइडरलाई लिङ्कका माध्यमबाट ट्रयाक गर्न सक्छन् ।"

राइडर र यात्रुबीच सम्पूर्ण कारोबार क्याशलेस बनाउन एपमै पेमेन्ट गेटवे समावेश गरेको उनले जनाए । एपमा अहिले आईएमई पेबाट पैसा लोड गर्न सकिन्छ ।

"हामी ई-सेवा, खल्तीजस्ता डिजिटल वालेटसँग यसका लागि सहकार्य गरिरहेका छौं," पुरीले थपे ।

"सेफ राइड" प्रयोग गर्न इच्छुक व्यक्तिले एप डाउनलोड गर्नुपर्ने हुन्छ । एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुपर्ने हुन्छ । त्यस्तै कम्पनीले राइडका लागि पनि एन्ड्रोइड र आईओएसको छुट्टाछुट्टै एप सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update