Kathkhabar
हरिबोल गजुरेल प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त

 

                                काठमाडौं, माघ  ९ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन्।  गजुरेल नेकपा माओवादी केन्द्रका उपमहासचिव हुन्।

आफूलाई प्रधानमन्त्री प्रचण्डले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको गजुरेलले बताए।  ‘प्रधानमन्त्रीज्यूले आज मलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो,’ उनले भने।

गजुरेल सिन्धुलीका हुन्, गत मंसिरमा भएको चुनावमा उनले पार्टीबाट टिकट पाएका थिएनन्। सिन्धुलीमा प्रतिनिधि सभा २ वटा क्षेत्र रहेकोमा एउटामा माओवादी र अर्कोमा नेपाली कांग्रेस तत्कालीन गठबन्धनबाट उम्मेदवार थिए।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update