
काठमाडौं,२३ । संविधानमा नेपाल राष्ट्र :‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ - नेपालको संविधानको धारा ३ ।
मन्त्रीको मान्यतामा नेपाल राष्ट्र : ‘नेपाल एउटा बहुल राष्ट्रिय राज्य हो । त्यो बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने पार्टीको एजेन्डा हो ’ - पदभार ग्रहणपछि शुक्रबार राति सिंहदरवारमा र शनिबार दिउँसो आफ्नो पार्टी कार्यालयमा आफ्नो कार्य योजना बताउँदै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतो ।
नयाँ काम ओझेलमा : आजसम्म के देखिएको थियो भने कोही पनि, त्यो ठूलो संख्याका हुन कि फाटफुट नै, नयाँ मन्त्रीमा नियुक्त हुनासाथ, यदि नयाँ भए प्रधानमन्त्री पनि, नयाँनयाँ र आफ्नो कार्यकाल भरी र शेखपछिसम्मपनि लोकपृय नै हुने गरी कार्यक्रम ल्याउथे । पहिलो काम यसरी थालियो भन्ने त्यसका थुप्रै उदाहरणहरु छन् । यो पटक भने १२ जना नयाँमन्त्री थपिए, तीनजना त उपप्रधान नै हुनुभयो ।
तर उहाँहरुले पहिलो दिन अर्थात पहिलो काम कुनकुराबाट थाल्नुभयो र त्यसले देशलाई के देला भन्ने कुरानै ओझेलमा पर्यो । शुक्रबारको पुनगर्ठन र मन्त्रीको पदभार ग्रहण सन्दर्भमा एकनना मन्त्रीको भनाइले स्वयम उहाँ कै र अरुले गर्न खोज्नुभएको काम नै ओझेलमा पर्न गयो । पदभार ग्रहण गर्दै त्यसबेला मन्त्रीबाट जो बोलियो त्यसले भोलीपल्टै पुतला जल्यो, त्यसक्रमा दुई दर्जन जतिको संख्याका व्यक्ति पक्राउ परे घाइते भए, सत्तामा रहेका बाहेक सबैले वक्तव्य नै निकालेर त्यसको विरोध गरे तथा प्रधाानमन्त्रीकै जवाफ माँगियो-खोजियो ।
शुक्रवार राती शनिवार दिनभरीनै देशव्यापी तनाव र आन्दोलनका घोषणा हुनथालेपछि बोलीबाट विवादमा पर्नु भएका मन्त्रीको जवाफ आयो-मेरो भनाइलाई मिडियाले बंग्याए । तर अवस्थाले त्यस्तो बंग्याएको देखाएन । शुक्रवार पहिलोपटक आएको यो भनाइ शनिबार दिउँसो समेत हुवहु रुपमानै दोहोएिको थियो । त्यसपछि शनिवारको मध्यरातमा उहाँकोे विज्ञप्ति आयो, 'मैले संविधानको धारा ३ मा उल्लेख भएबमोमिज बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान अकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात् गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समुदाय, धर्म र लिंगको साझा राष्ट्र हो भन्ने आसय व्यक्त गरेको हुँ । गलत बुझियो र बुझाइयो र प्रस्तुत पनि त्यसरीनै भयो ।'
तर वास्तविकता के थियो भने यो कुरा अर्थात उहाँ उपप्रधानमन्त्रीका भनाईलाई मिडियाले बंग्याएका थिएनन् । यो कुरा अर्थात उल्लेखित भनाईहरु दुई ठाउँमा दुईपटक समानरुपले आए । एउटा सिंहदरवारमा पदभार ग्रहरण गर्दै गरेको बेला र दोस्रो आफ्नो दलको कार्यालयमा आफ्नो दलले गरको स्वागत खाँदै गरेको बेला।
यता पहिलो पटक शीतलनिवासमा राष्ट्रपतिसामु शपथ खाएर सिंहदरबारमा कार्यभार सम्हालेलगत्तै आएको राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भन्ने भनाइमा विरोध व्यापक भैसकेको थियो । सच्याइएला भन्ने अपेक्षा भैरहेका बेला भोलीपल्ट पनि त्यही दोहोरियो जसले नेता कार्यकर्ता र साधारण मानिसमा सामाजिक सञ्जालमा प्रतिकृयाको ओइरो नै लाग्ने क्रम बढ्दै रह्यो । यी भनाइ सार्वजनिक भए लगत्तै संभवत पहिलो प्रतिकृया दिने राजनीतिक व्यक्ति हुनुहुन्थो सत्तारुढदल नेकपाका उपाध्यक्ष बामदेव गौतम । शिनिवार विहानै आएको उहाँको सञ्जाल प्रतिकृया यस्तो थियो -
‘राजेन्द्रजीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री केपी ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु । नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के.पी.ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’
शनिवार पुनर्गठन र १७ सदस्यीय मन्त्रिपरिषदले काम थालेको दोस्रो दिन हो । शुक्रवार अबेरराती नवनियुक्त मन्त्रीहरुलाई शपथ खाने खुवाउने काम भएको थियो । तर मन्त्रीले पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै शहरमा मन्त्री वा उपप्रधानमन्त्री जस्ता पदाधिकारीको पुत्ला जल्ना थाले । यो पहिलो पटक नै देखियो । सहरी विकास नाम गरेको मन्त्रालयको जिम्मेवारी दिइएका उपप्रधानमन्त्रीले गरेका काम होइन बोलेका कुराबाट यस्तो विरोध भएको हो ।
यो विवरणपनि सार्वजनिक सञ्चारमाध्यममा आएकामै पर्छ - मन्त्रीको रुपमा पदभार ग्रहण गरेको २४ घन्टा नबित्दै काठमाडौंको बानेश्वरमा उहाँको पुत्ला जलाइएको छ । महतोले ‘बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन’ आफूले अहिले पनि सञ्चालन गरिरहेको भनी दिएको अभिव्यक्ति विरुद्ध उहाँकोे पुत्ला जलाइएको हो । महतोको पुत्ला जलाउनेले क्रममा सत्तारुढ एमाले निकट अनेरास्ववियुको अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामासहित एक डेढ दर्जन विद्यार्थीहरु पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सचिव टपेन्द्र शाही र मेधनाथ चापागाईं पनि हुनुहुन्छ ।
नेताहरु हर्क बम, महेश श्रेष्ठ, अशोक थापा, लक्ष्मी क्षत्री, आकाश खनाल, अमर पुन, मानबहादुर बुढा पनि पक्राउ परेको नेता अशोक थापाले जानकारी दिए। सो क्रममा प्रहरी र विद्यार्थीबीच भएको घम्साघम्सीका क्रममा अध्यक्ष पराजुली घाइते हुनुभएको छ । उहाँहरुलाई प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लव लगिएको छ । संविधान विरोध अभिव्यक्ति दिएको भन्दै महतोको चौतर्फी विरोध भइरहेको छ ।