Kath khabar
काठमाडौंको स्वयम्भु चौमतिमा सवारी दुर्घटना, एक जनाको मृत्यु


             काठमाडौं, माघ १५ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भु चौमतिमा प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्याङ्करले बा.८१ प १७८६ नम्बरको स्कुटरलाई शनिबार राति ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका–२४ बस्ने ५५ वर्षीय नरेन्द्र मुनि बज्राचार्यको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update