Kath khabar
नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त

 

                                 काठमाडौं, माघ १५ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला  फुटल टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापालाई नियुक्त गरेको छ ।

टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा नियुक्त भएका छन् ।

मैत्रीपूर्ण खेलको टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरिएको छ । राष्ट्रिय महिला टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्नुअघि अभ्यास थाल्नेछ।

खेल भारतमा फेब्रुअरी १३ देखि २५ सम्मको बीचमा हुनेछ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update