Kath khabar
ललितपुरको ग्वार्कोमा ट्याक्सी र कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुईको मृत्यु

 

                 ललितपुर, माघ १६ । ललितपुरको ग्वार्कोस्थित सडकमा बा.२ ज ३४२० नम्बरको ट्याक्सी र बा.४ च १ नम्बरको कार एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा ट्याक्सीमा सवार सुनसरी घर भई हाल ललितपुर ताल्छीखेल बस्ने ४७ वर्षीय सरोज कुमार विक र कारमा सवार चितवन घर भई हाल काठमाडौं ग्रिनल्याण्ड बस्ने ३२ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको  बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्सीमा सवार ५ जना र कारमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, काठमाडौं महानगरपालिका-७ चाबहिल पिपलबोटस्थित सडकमा बा.९८ प ६४२३ नम्बरको स्कुटरलाई प्रदेश ३–०१–००६ ख.११०९ नम्बरको बसले आइतबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार गोरखा गण्डकी गाउँपालिका-६ घर भई हाल काठमाडौं नारायणटार बस्ने २८ वर्षीया रोशनी थापा मगरको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको हेल्पिङ ह्याण्ड अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update