Kath khabar
राष्ट्रिय विभूतिको पङ्क्तिमा परेका व्यक्तित्वहरु


                 काठमाडौं, माघ १६ । त्यो पुरुष वा महिला जुन नेपाल र नेपालीहरूको लागि शिर उच्च राख्नको खातिर आफ्नो जीवनभरी काम गरेर विश्वसामु चिनाउनु सक्ने वा कुनै विलक्षण कार्य गरेर देश र जनताको माया ममता सहमति सहकार्य  मेलमिलाप एक आपसमा मिलेर बस्न, देश र जनताको काम गर्न सक्ने सक्षम व्यक्ति पुरूष वा महिला, जो सुकै भए पनि हामी राष्ट्रिय विभूतिले  सम्मान गर्दछौँ ।

उनीहरूको नाम सुनौला अक्षरले इतिहासको पानामा लेखिन्छ विशेषगरी भन्नुपर्दा त्रेतायुगदेखि आज वि.सं. २०७९ साल सम्म नियालेर हेर्दा जम्मा १६ जना महापुरुष र महामहिम महिलाहरूले नेपालमा राष्ट्रिय विभूतिको मान्यता पाएका छन्, जस अनुरूप उहाँहरूको नाम यसप्रकारको छ- नेपालीहरूको राष्ट्रिय विभूति राजा जनक,  नेपाली धर्तीकी छोरी सीता, गौतमबुद्ध, राजा अंशुवर्मा, अरनिको, गोरखाका राजा  रामशाह, श्री ५ पृथ्वीनारायण शाह,  वीर बलभद्र कुँवर अमरसिंह थापा, भीमसेन थापा, आदिकवि भानुभक्त आचार्य, कवि मोतिराम भट्ट, राजा श्री ५ त्रिभुवन, शंखधर साख्वाः, पासाङ ल्हामु शेर्पा र फाल्गुनन्द नेपाली भू-भागमा जन्मेर  आफ्नो जीवनलाई मानव र देशको हितका निम्ति समर्पित भई नेपाल र नेपालीको प्रतिष्ठा बढाउने पुरूष र महिलालाई विभूतिका रूपमा सम्मान गर्दछौँ ।

आफ्नो जीवनभर देशको भलाइको निम्ति समर्पित गरेका असल मानिसलाई राष्ट्रिय विभूति भनिन्छ । लोभ, लालच, स्वार्थ र अहङ्कार जस्ता दुर्गुणलाई पर सारेर इमान्दारी पूर्वक देशोन्नतिमा लागेका र देशका लागि भलो चिताउने मानिस राष्ट्रिय विभूतिको पङ्क्तिमा पर्दछन् । राष्ट्रको भूगोल, संस्कृति, प्रकृति, कलाकृति वाङ्गमय आदिको जतनमा जुटिरहने व्यक्ति राष्ट्रिय विभूति हुन्छन् ।

राष्ट्रिय विभूतिहरू म र मेरा भन्ने सोचाईबाट पन्छिएर हामी र हाम्रो सोच उत्तम हो भन्ने विश्वास गर्दछन् । यिनीहरू धेरै भन्दा धेरै मानिसहरूको कल्याणमा रमाउँछन् । मुलुकको ऐतिहासिक गरिमा यसैमा अडिएको हुन्छ । हाम्रो देशका तिनै असल सन्तान र सन्ततीहरूको जन्म समयका आधारमा व्याख्या गर्दछौँ ।


 

 
    


 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update